ग्लोबल आइएमई बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच व्यावसायिक सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत केएफडब्लु डेभलपमेन्ट बैंकबीच साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच दिगो तथा ग्रामिण बिकास कार्यक्रम अन्तर्गत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंक मार्फत सो विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात केएफडब्लु डेभलपमेन्ट बैंकको वित्तीय तथा प्राविधिक सहयोग माफर्त नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले सर्वसुलभ रुपमा साना तथा मझौला तथा कृषि कर्जा उपलब्ध गराउनेछ । बैंकको गत असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप र ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५० शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

सिटिजन्स बैंकबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर(एयूडी)खाताखोली उक्त कारोबारको शुरु गरेको हो । यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने छ । साथै, अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

अन्तर बैंक ब्याजदरको सीमा नाघेपछि राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको हो । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलताको कमी हुन गएपछि तत्काल तरलतको समस्या समधान गर्न १० अर्ब रुपैयाँ थप रकम बजारमा पठाउन लागेको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत रहेको छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । अहिले बजारमा १६ अर्ब रुपैयाँ हारहारीम तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।