सनराइज बैंकको नाफा ५ करोड घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च गरेको देखिन्छ । सनराइज बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ९.९९ रुपैंयाँ तथा प्रति सेयर नेटवर्थ १२१.०६ पैसा रहेको छ ।

अनिल शाह पुस १७ देखि सेञ्चुरीकाे सीईओ बन्ने

काठमाडौं । अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबार सम्हाल्ने भएका छन् । हाल मेगाको सीईओ रहेका शाहले त्यहाँ दुई कार्यकाल सकिएपछि सेञ्चुरीमा जान लागेका हुन् । सेञ्चुरीको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपछि शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।  

आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउदो आईतबार ५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८१ “ख” निष्कासन गर्न लागेको छ । सरकारको विकास आयोजनाका लागि राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले कात्तिक १९ गते ७ वर्ष अवधिको बोलकबोल मार्फत ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको सावाँ भुक्तानी ०८१ कात्तिक २० गते हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्र धितो राखी कर्जा लिन पाइने छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र औजारबाट मात्र ७४ अर्ब रुपैयाँ उठाउने तयारी छ ।