३ महिनामा एनएमबी बैंकको नाफा १० करोड बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एनएमबी बैंकले खुदनाफा १० करोड रुपैयाँ बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको अपरिष्कृत विवरणमा वित्तीय सुचक सकरात्मक रहेको देखाएको छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७७.८४ प्रतिशत रहेको छ । बैंकको आधार दर बढेर १०.२१ प्रतिशत पुुगेको जानकारी दिएको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ । ३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो । कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्राइम बैंकको नाफा ३४ करोड १७ लाख, ३ महिनामा नाफा १० करोड बढ्यो

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाउन सफल भएको छ ।  बैंकले असोजसम्म ३४ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैैंकले २५ अर्ब १० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकको झण्डै १० करोड रुपैयाँ नाफा बढेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जालगानीलगायत अन्य वित्तीय सूचक सन्तोषजनक रहेको देखाएको छ । गत असारको तुलनामा बैंकको खराव कर्जा अनुपात बढेर १.३७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ०.७८ प्रतिशत थियो । यस्तै पुँजीगत लागत बढेर ८.२२ प्रतिशत पुगेको छ । गत असारमा ८.१५ प्रतिशत थियो । बैंकको निक्षेप कर्जा अुनपात ७५.७० प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६१ पैसा छ । गत असारमा ईपीएस २३ रुपैयाँ २४ पैसा थियो । समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थियो । ३ महिनामा बैंकले निक्षेप ३ अर्ब रुपैयाँ बढी परिचालन गरेको छ । यस्तै कर्जा लगानी विस्तार भई ५९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो कर्जा ५७ अर्ब ७१ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ ।

३ महिनामा मेगा बैंकको नाफा ६ करोड घट्यो, इीपीएस १.७७ रुपैयाँ मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका सुचक सकरात्मक नभएको पाइएको छ । कर्जा नोक्सानीका लागि थप व्यवस्था गर्नुपर्दा खुदनाफा घटेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा बढेर १.६७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.३६ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.८० प्रतिशत पुगेको छ । यस्तै कर्जा निक्षेप अनुपात ७८.२६ प्रतिशत पुगेको छ । बैंकलाई थप लगानी गर्न निक्षेपको कमी देखिएको छ । आधार ब्याज दर बढेर १०.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको आधार दर ७.२८ प्रतिशत थियो । असारमा बढेर ११ प्रतिशतसम्म पुगेको थियो । बैंकको कर्जा र निक्षेपको ब्याजदर अन्तर घटेर २.४९ प्रतिशतमा सीमित भएको छ । गत आवमा यस्तो दर ३.८५ प्रतिशत थियो । प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.७७ प्रतिशतमा सीमित भएको छ । गत असारमा १७.२७ थियो । ३ महिनामा १५ रुपैयाँ बढीले घटेको छ । ३ महिनामा बैंकको निक्षेप १ अर्ब रुपैयाँ बढेर ३९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ३८ अर्ब ९३ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि १ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । चालु आवको ३ महिनासम्ममा कर्जा लगानी ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।