अटो सोलाई लक्षित गर्दे एनआईसी एसिया बैंकले ल्यायो स्पट फाइनान्सिङ योजना
काठमाडौं । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । अटो सोको स्टल नम्बर जी ७ मा यसको जानकारी पाइने बैंकले जनाएको छ । मंगलबारदेखि आउदो आइतबारसम्म यो योजना लागु हुने छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएपछि व्यवसायीमा उत्साह थपिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी गाभिने, माघ १ देखि एकीकृत कारोबार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । उक्त डेभलपमेन्ट बैंक गाभ्ने (मर्जर) सम्बन्धमा सोमबार आयोजित एक समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एनआईडिसी डेभलपमेन्ट बैंकका अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक एक आपसमा गाभिए पश्चात २०७४ माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसीको साधारण सभाले यस अघिनै एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रस्ताब पारित गरिसकेको छ । एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभिएपछि बैंकको चुक्तापूँजीमा अभिबृद्धि हुनुका साथै विद्यमान ग्राहकहरुलाई थप कारोबार गर्न सुविधा हुने भएको छ । साथै, बैंकिङ्ग सेवा तथा सुविधा अभिबृद्धि गरी ब्यापक पहुँचका साथै स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकले विश्वास लिईएको छ ।
एशियन लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले सोमबार दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ । इन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष १० अर्ब रुपैयाँ र लगानी ९५४ करोड रुपैयाँ रहेको छ । साथै, यस कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ ।