राष्ट्र बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँको नोट बजारमा ल्याउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँ दरको नोट चलन चल्तिमा ल्याउन लागेको हो । नयाँ नोटमा तलेजु भवानी मन्दिरको सट्टा काष्ठमण्डप मन्दिर, साविक याकको सट्टा वन्य याक र सगरमाथाको सट्टा हुम्लाको लिमि हिमाल चित्र रहने राष्ट्र बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालिगुराँशको पानीछाप रहने छ ।

स्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले मात्रै बढ्यो, बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा जम्मा ८ करोड ९४ लाखले मात्रै नाफा बढाएको छ । यो बैंकको यस्तो नाफा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९२ प्रतिशत हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यसले बैंकले अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३९ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी  १५ अर्ब ७६ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७२ दशमलव ३४ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ८६ करोड ३४ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव १९ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा ५० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ ३०३ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो, बैंकले कमायो ३ अर्ब १६ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २३ दशमलव ८८ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष ३ अर्ब १६ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ६० करोड ९१ लाख रुपैयाँले बढी हो । यो बैंकले अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो बैंकले गत असारमसान्तसम्ममा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी २५ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७७ दशमलव ६३ प्रतिशत छ । यो बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ९ अर्ब २४ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ४ अर्ब ४६ करोड रुपैयाँ रहेको पनि उल्लेख छ । यसको खराव कर्जा शून्य दशमलव ८३ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा २० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा रहेको छ ।