राष्ट्र बैंकमा एक्कै पटक १० जना कार्यकारी निर्देशक सरुवा, कसलाई कहाँँ सरुवा गरियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० जना कार्यकारी निर्देशकहरुलाई सरुवा गरेको छ । सरुवा सम्बन्धि निर्णय विहीबार साँझ भएको हो । सरुवा हुने सबैले तोकिए अनुसारको नयाँ जिम्मेवारी आईतबारदेखि समाल्ने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । पण्डितका अनुसार कार्यकारी निर्देशक भिष्मराज ढुंगानालाई विदेशी विनिमय विभागबाट संस्थागत योजनामा सरुवा गरिएको छ । संस्थागत योजनाका कार्यकारी निर्देशक डा शंकरप्रसाद आचार्यलाई भुक्तानी प्रणालीमा सरुवा गरिएको छ । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा नेफिल मास्केलाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नरको कार्यलयका कार्यकारी निर्देशक डा भूवनेश प्रसाद पन्तलाई राष्ट्र ऋण विभागका सरुवा गरिएको छ । पण्डितका अनुसार राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक निलम ढुंगानालाई आन्तरिक लेखापरिक्षण विभागका सरुवा गरिएको छ । आन्तरिक लेखापरिक्षण विभागका कार्यकारी निर्देशक बासुदेव अधिकारीलाई वित्त कम्पनी सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । वित्त कम्पनी सुपरिवेक्षणका कार्यकारी निर्देशक एजेन्द्रप्रसाद लुईटेललाई सामान्य सेवा विभागमा सरुवा गरिएको छ । सामान्य सेवा विभागका कार्यकारी निर्देशक रमेशकुमार पोखरेललाई विदेशी विनिमय विभागको जिम्मेवारी दिईएको छ । विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कडेललाई विकास बैंक सुपरिवेक्षण विभागको नेतृत्व दिईएको छ ।

एक महिनामा एक खर्ब १९ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी ४६ अर्बले वृद्धि

काठमाडौं । करिब एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा एक खर्ब १९ अर्बले निक्षेप बढेको छ । गत असार ९ गते १९ खर्ब ७९ अर्ब निक्षेप रहेको बैंक तथा वित्तीय संस्थामा साउन ६ गते आइपुग्दा निक्षेप बढेर २० खर्ब ९८ अर्ब पुगेको हो । सो अवधिमा कर्जा लगानी पनि ४६ अर्बले बढेको छ । गत असार ९ गतेसम्म १६ खर्ब ७५ अर्ब रहेको बैक तथा वित्तीय क्षेत्रहरूको कर्जा लगानी एक महिनाको अवधिमा बढेर १७ खर्ब २१ अर्ब पुगेको छ । पछिल्लो समय निक्षेप बढ्दै गएपछि कर्जा लगानीमा केही सहज भएपनि बैंकहरुले कर्जा लगानी र निक्षेप संकलन दुबैको ब्याजदर भने घटाएका छैनन् ।

अघिक तरलता खिच्दै राष्ट्र बैंक, आधा प्रतिशतमै ९० दिने निक्षेप

काठमाडौं । केही महिना अघिसम्म लगानीयोग्य पुँजी अभाव (क्रेडिट क्रन्च)ले थलिएको बैंकिङ प्रणालीमा यतिबेला अधिक तरलताको अवस्था देखिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारले एकैपटक ठूलो मात्रामा खर्च गरेको बजेट र स्थानीय तहको चुनावमा उमेदवारहरुले खर्च गरेको रकम बैकिङप्रणालीमा आएपछि लगानीयोग्य पुँजी बढेको हो । बजारमा अघिक तरलताको स्थिति सृजना भएपछि नेपाल राष्ट्र बैंकले प्रत्येक दिनजसो विभिन्न मौद्रिक उपकरण जारी गरेर प्रशोचन गर्न थालेको छ । पछिल्लो समय सरकारको पुँजीगत खर्च र आन्तरिक ऋण भुत्तानी बढेसँगै केन्द्रीय बैकले बजारमा अधिक तरलता नियन्त्रण गर्न नयाँ आथिृक वर्ष सूरु भएको १२ दिनभित्र ५ पटक निक्षेप संकलन उपकरणबाट बजरको ७० अर्ब रुपैयाँ प्रशोचन गरेको छ । अभियान दैनिकबाट ।