चालु आवमा उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७४/०७५ का लागि उठाइने आन्तरिक ऋण तालिका सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारका लागि चालु आवमा विभिन्न मौद्रीक उपकरणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । पहिलो त्रैमाशमा ३२ अर्ब ५४ करोड, दोस्रो त्रैमाशमा ४६ अर्ब ६१ करोड १३ लाख, तेस्रो त्रैमाशमा ४५ अर्ब ८८ करोड ८६ लाख र चौथो त्रैमाशमा १९ अर्ब ९६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले जनाएको छ । पहिलो त्रैमाशमा कुल लक्ष्यको २२.४४, दोस्रोमा ३२.१५, तेस्रो त्रैमाशमा ३१.६५ र चौथो त्रैमाशमा १३.७६ प्रतिशत ऋण उठाउने भएको छ । चालु आवमा राष्ट्र बैंकले ४५ प्रतिशत अर्थात ६६ अर्ब रुपैयाँ ट्रेजरी बिल्स, विकास ऋणपत्रबाट ४५.६६ अर्थात ७२ अर्ब, नागरिक वचतपत्र ४.१४ अर्थात ६ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट ०.६९ प्रतिशत अर्थात १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आवमा सरकारले २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य लिएको छ ।
ज्योति विकास बैंकको नाफा २६ करोड, एक वषमै ७२ प्रतिशतले नाफा बढाउन सफल
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७३ /७४ को मा २६ करोड १८ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकको नाफा अघिल्लो वर्ष १५ करोड १९ लाख मात्रै थियो । यो बैैंकले एक वर्षमा १० करोड ९८ लाख रुपैयाँ नाफा थप गरेको छ । यो बैंकले एक वर्षमै ७२ दशमलव ३० प्रतिशतले नाफा बढाउन सफल भएको छ । वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ४६ करोड १४ लाख रुपैयाँ छ । यो विकास बैंकले असार मसान्तसम्ममा १० अर्ब ५१ करोड रुपैयाँको निक्षेप संकलन गरेको छ । भने यसले ९ अर्ब १३ करोड रुपैयाँको कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म गरेको लगानी भने ५६ करोड ९४ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ० दशमलव ७४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ ३० पैसा मात्रै रहेको छ । यो बैैंकले गत आवमै १ः१ को हकप्रद सेयर निष्कासन गरेकोले पनि प्रतिसेयर आम्दानी कम देखिएको बताएको छ । बैंकको सीसीडी रेसियो ६९ दशमवल ७८ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा रहेको छ ।
नविल बैंककाे नाफा ३ अर्ब ६२ कराेड, प्रति सेयर आम्दानी ५९ रुपैयाँ
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्ष २०७२/७३ वर्षको तुलनामा २८ दशमलव ४२ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा ९ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकले असार मसान्तसम्ममा निक्षेप १ खर्ब १८ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ भने ९१ अर्ब ४९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म गरेको लगानी ३१ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ० दशमलव ७९ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी ५९ रुपैयाँ छ । यो बैंकको सीसीडी रेसियो ७५ दशमवल ६२ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ रहेको छ ।