नविल बैंकको नाफा २ अर्ब ७० करोड, यो वर्षको नाफा पौने ४ अर्ब पुग्ने

काठमाडौं । नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ७० करोड खुद नाफा गरेको छ । बैंकले यस आर्थिक वर्षमा यस आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ७५ करोड खुद नाफा गर्ने छाँटकाँट ल्याएको छ । यस बैंकले चालु आर्थिक वर्षमा करिव ३१ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ । संचित कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कर र स्टाफ बोनसअघिको नाफा ४ अर्ब २८ करोड रुपैयाँ छ  । चैत मसान्तसम्ममा बैंकले १ खर्ब १७ अर्ब निक्षेप परिचालन गरेको छ भने ९० अर्ब कर्जा सापटी र २८ अर्ब लगान िगरिको छ । बैंकको सीडीसी रेसियो ७९.७५ छ । कष्ट अफ फण्ड २.२८ प्रतिशत मात्र छ । निष्क्रिय कर्जा ०.९५ प्रतिशत छ । स्प्रेडदर ५.३३ प्रतिशत छ । बैंकको इर्टन अन इक्विटी २७ रुपैयाँ ९४ पैसा छ । प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ छ ।

एसविआई बैंकको हकप्रद सेयर निष्काशन, प्रिमियम मूल्यमा छुट, १ अर्ब ४ करोडको बोनस सेयर दिने योजना

काठमाडौं । नेपाल एसविआई बैंक लिमिटेडले १० बराबर ४ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हाल चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ भएको यस बैंकले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नाफाबाट १ अर्ब ४ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी बैंकले चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ बनाउने योजना सार्वजनिक गरेको छ । हकप्रद सेयरको लागि आगामी जेठ ७ गतेदेखि असार ११ गतेसम्म आवेदन खुला गरिएको बैंकले जनाएको छ । यही बैंशाख २५ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर लिन सक्नेछन् । हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैंकले बैंशाख २६ गते सेयरधनी दर्ता किताव बन्द गर्नेछ । हाल यस बैैंकको सेयर प्रतिकित्ता १४६० रुपैयाँमा किनबेच भईरहेको छ । हकप्रद सेयर लिन प्रतिकित्ता १०० रुपैयाँ मात्र बुझाए पुग्छ । एक वर्षअघि यस बैंकको साधारणसभाले हकप्रद सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने निर्णय गरेको थियो । तर यस वर्षको साधारणसभाले प्रिमियम मूल्य नराखी हकप्रद सेयर जारी गर्ने निर्णय गरेको र सोही अनुसार प्रिमियम मूल्य नराखी सेयर निष्काशन गरिएको बैंकका अध्यक्ष कृष्णप्रसाद आचार्यले विकासन्युजलाई बताए ।

सिभिल बैंकको हकप्रद शेयरको निष्काशन दुर्तगतिमा, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने बोनश शेयर तथा यूनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतले जारी हुने हकप्रद शेयरको लागि लक्ष्मी क्यापिटललाई बिक्री/निष्काशन प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्वन्धी सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्दगुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरे पश्चात र आ. व. २०७३/२०७४ को प्रक्षेपित वोनश शेयरबाट चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले टोकेको बमोजिम हुने समेत बैंकले जनाएको छ ।