१० लाख भन्दा बढी कारोबार नगदमा गर्न नपाइने,साउन १ गतेबाट नगद कारोबारको सीमा लागू हुने
काठमाडौं । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ। गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो। यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन्। यस अघि राष्ट बैंकले ५० लाखको सीमालाई ३० लाख रुपैयाँमा सीमित गरेको थियो । राष्ट् बैंकको परामर्शमा सम्पती शुद्धिकरण निवारणको प्रयोजनका लागि नगद कारोबारको सीमा घटाइएको उल्लेख छ । कारोबार दैनिबाट ।
ज्योति विकास बैंकमा राप्तीभेरी विकास बैंक गाभिने, पुँजी २ अर्ब ५० करोड पुग्ने
काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । मंगलबार ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. १अर्ब १० करोड ४३ लाख रहेको र १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको चुक्ता पुंजी रु १४ करोड ३७ लाख रहेको छ भने यस बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । यसरी प्राप्ती पछि ज्योति विकास बैंकको कुल चुक्ता पुंजी २ अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक बर्ष २०७३÷२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयस पछि ज्योति विकास बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्ने बैंकले जनाएको छ । साथै राप्तीभेरी विकास बैकको प्राप्तीपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम रु १० अर्ब, कर्जा रकम रु ९ अर्ब नाघ्ने छ साथै शाखा संजाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर पक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरिसकेको छ ।
२५ हजार भारु साट्न भारतद्धारा अस्विकार, ४५ सय मात्रै साट्ने अडान राखेर फर्कियो आरबिआईको टोली
काठमाडौं । पाँच सय र एक हजार दरका भारतिय रुपैंयाँ प्रतिव्यक्ति २५ हजार साट्नुपर्ने नेपालको आग्रहलाई भारतले अस्विकार गरेको छ । नेपाल र भारतबिचको पुर्व सम्झौता अनुसार नेपाली नागरिकसँग रहेको सो दरका २५ हजार भारतीय रुपैंयाँ साट्नुपर्ने नेपाली आग्रहलाई भारतले अस्विकार गरेको हो । भारतीय रिजर्भ बैंक(आरबिआई)को कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा भारु सटहीबारे छलफल गर्न भारतीय टोली नेपाल आएको थियो । नेपाल राष्ट्र बैंक र आरबिआईको टोलीबिच २ दिनसम्म भएको वार्तामा कुनै सहमति नभएपछि भारतीय टोली आफ्नो अडान राखेर फर्किएको छ । भारतले प्रति व्यक्ति ४५ सय भारु मात्रै साट्ने र मार्च ३१ तारिख भित्र वित्तिय प्रणालीबाट त्यस्ता नोट आफुलाई बुझाई सक्नुपर्ने सर्त राखेको थियो । नेपालले भने मार्च ३१ को समय सिमा कम भएको र दुई मुलुकबिचको पुर्व सम्झौता अनुसार २५ हजार नै साट्नुपर्ने अडान राखेको थियो । हामीले २५ हजार भन्दा तल ओर्लिएर सम्झौता गर्नु भनेको आत्मघाती निर्णय हो, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने । यही चैत्र १८ गतेसम्मको मात्रै समय सीमा भएकोले छोटो समयमा नभ्याइने भएकोले पनि सहमति हुन नसकेको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ९ तारिखदेखि लागु हुने गरि ५०० र एक हजार दरका भारुमा प्रतिबन्ध लगाएका थिए । भारतीय नागरिकलाई डिसेम्बर ३१ तारिख भित्र आफुसँग भएका सो दरका नोट बैंकमा बुुझाउने समय दिइएको थियो ।