सानिमा बैंकको बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं, २६ मंसिर । सानिमा बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १० शेयर बराबर ३ कित्ताको अनुपातमा एक करोड ५९ लाख १७ हजार ६ सय ७ किता हकप्रद शेयर निष्कासन गर्न उक्त कम्पनीलाई नियुक्त गरेको हो । आइतबार सानिमा बैंक र सि.बि.आई.एल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र सि.बि आई.एल क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकले २० वटा शाखा थप्ने, भिजन २०२० अनुसार सबै शाखा राजधानी बाहिर खुल्दै

काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकले २० वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी बजार, दार्जुलाको खलंगा बजार, मुगुको गमगडी, कालिकोटको मान्मा गाविसमा नयाँ शाखा खोल्न लागेको हो । त्यस्तै, बैंकले तनहुँको भिमाद, रुपन्देहीको रुद्रपुर, सो फर्साटिकर र सालझण्डी नवलपरासीको रामनगर, कास्कीको नयाँपुल, बर्दियाको जयनगर, बाँकेको खजुरा र कैलालीको बौनियामा नयाँ शाखा खोल्न लागेको बैंकले जनाएको छ । यस बैंकको हाल शाखा ७४ वटा छन् । त्यसमध्ये ३१ वटा राजधानीमा र ४३ वटा राजधानी बाहिर छन् । बैंकले सन् २०२० सम्मका कुल कर्जामा कर्पोरेट कर्जा २५ प्रतिशत र विपन्न, रिटेल र साना तथा मझ्यौला कर्जा ७५ प्रतिशत पुर्याउने रणनीति लिएको छ । सोही अनुसार पछिल्लो समय बैंकले राजधानी वाहिर मात्र शाखा विस्तार गर्दैछ ।

एनसीसी र चार विकास बैंक मर्जर प्रक्रिया विवाद मन्त्रालयमा पुग्यो, उद्योग मन्त्रालयमा शुक्रबार भएको सहमति प्रयास विफल

शंकरप्रसाद कोइराला काठमाडौं, २५ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र चार वटा विकास बैंक मर्जरमा देखिएको झमेला सल्टाउन उद्योग मन्त्रालयले गरेको प्रयास पनि असफल भएको छ । विवाद सल्टाउने उदेश्यले सचिव कोइरालाले शुक्रबार मन्त्रालयमा मर्जको चार विकास बैंकका प्रतिनिधि, मर्जलाई सार्थक बनाउने प्रयासमा लागेको एनसीसी बैंकमा प्रतिनिधि तथा एनसीसी बैंकको पुनः डीडीएसहित विशेष साधारणसभा माग गर्ने एनबी समूहका प्रतिनिधि र कम्पनी रजिष्ट्रार कार्यालयका प्रतिनिधिलाई बोलाएर सहमतिको प्रयास गरेका थिए । तर उक्त छलफलमा कुनै सहमति हुन नसकेको एक सहभागीले बताए । ‘मर्जका सम्बन्धमा गम्भिर विषयहरु सञ्चार माध्यममा पनि आएको र मन्त्रालयको नोटिसमा पनि आएकोले कम्पनी रजिष्ट्रारसहित दुबै पक्षलाई मन्त्रालयमा बोलाएर उनीहरुको कुरा सुनेका छौं’ उद्योग सचिव कोइरालाले विकासन्युजसँग भने–‘यो विषयमा निर्णय गर्ने निकाय कम्पनी रजिष्ट्रारको कार्यालय हो । कानुन अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय लिन्छ ।’ एनसीसी बैंकका ३० प्रतिशत सेयरधनीले विशेष साधारणसभा माग गरेको र मर्जसँग सम्बन्धित विषयममा उत्पान्न विवाद काठमाडौं जिल्ला अदालतमा विचाराधिन भएको अवस्थामा एनसीसी बैंकमा अन्य चार विकास बैंकलाई मर्ज गराउने गरि सेयर लगत अध्यावधिक गर्ने निर्णय लिन नसकिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । पढ्नुहाेस उनीसँगकाे अन्तरवार्ताः एनसीसी बैंकमा ३० प्रतिशत सेयरधनीले साधारणसभा मागेका छन्-रजिष्ट्रार