काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले बृद्धि, राइट ब्याकले गर्यो कमाल

काठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा भन्दा ३२० प्रतिशतले बढि हुन आउँछ । बैंकले २०७२ असार मसान्तसम्मा जम्मा ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । तर २०७३ असार मसान्तसम्ममा भने बैंकले २३ करोड ४ लाखले नाफा बढाउन सफल भएको हो । यद्यपी बैंकको सो नाफामा ३० करोड ३६ लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको देखिन्छ । बैंकले आफ्नो खराब कर्जालाई ७ दशमलब ९५ प्रतिशतबाट घटाएर शुन्य दशमलब ९३ प्रतिशतमा सिमित गराएको छ ।

एनएमबी बैंक पनि अर्ब कमाउने सूचिमा नाफा १४० प्रतिशतले बढेर १२० करोड

काठमाडौं, २६ साउन । एनएमबी बैंक पनि १४० प्रतिशतले नाफा बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा परेको छ । बैंकले २०७३ असार मसान्तसम्माम एक अर्ब २० करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७२ असार समान्तमा बैंकले कमाएको भन्दा १४० प्रतिशतले बढि हुन आउँछ । यद्यपी बैंक २०७३ असार मसान्तसम्म आर्जन गरेको नाफामा ६३ करोड ५५ लाख रुपैंयाँ राइटब्याकबाट प्राप्त गरेको हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ५० करोड ३८ लाख नाफा आर्जन गरेको थियो । ४ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ ।बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ९१ पैसा रहेको छ । बैंकले एक दशमलब ७४ प्रतिशतको खराब कर्जाको जोखिम वापत ५२ करोड ४८ लाख प्रोभिजन गरेको छ । बैंकले ६४ अर्ब ९४ करोड रुपैंयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ८५ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब १७ करोड रहेको छ भने ब्याज खर्च २ अर्ब ठ करोड रहेको छ ।

मेगा बैंकको नाफा ५५ करोड २० लाख

काठमाडौं, २६ साउन । मेगा बैंक नेपालले २०७३ असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २० करोड ५८ लाखले बढि हो । बैंकले सो अवधीमा जम्मा ३४ करोड ६२ लाख नाफा कमाएको थियो । बैंकले असार मसान्तसम्म गरेको आम्दानीमा १३ करोड रुपैँया राइटब्याकबाट प्राप्त गरेको हो । ३ अर्ब २४ करोड चुक्ता पुँजी रहेको मेगा बैंकको जगडा कोषमा ९६ करोड रुपैँया रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४ पैसा छ भने प्रति सेयर नेटवर्थ १२९ रुपैंयाँ ८५ पैसा रहेको छ । बैंकले असार मसान्तसम्ममा ३१ अर्ब निक्षेप संकलन गरेर २७ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले २ अर्ब १४ करोड ब्याज आम्दानी गरेर एक अर्ब १५ करोड ब्याज खर्च गरेको देखिन्छ ।