सेञ्चुरी बैंक लिमिटेडले १०ः३ हकप्रद सेयर निष्कासन गर्दै, साउन १८ गते बुक क्लोज

काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि बैंकको साउन १८ गते बुक क्लोज हुने बैंकले जनाएको छ । उक्त निर्णय गत पुस २२ गते बसेको बैंकको पांचौं वार्षिक साधारणसभाले पारित गरेको थियो । बैंकका अनुसार सेयरधनीले सेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति( साउन १८) गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट शेयर खरिद गर्नुपर्ने छ । त्यसपछि शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लि., काठमाडौं प्लाजा, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।

एनएमबी माइक्रोफाइनान्सको नाफा तीन करोड

 काठमाडौं, ११ साउन । एनएमबी माइक्रोफाइनान्सको  नाफा तीन करोड पुगेको छ । एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ९८ लाख नाफा कमाएको हो । यो नाफा कम्पनीले अघिल्लो आर्थिक वर्षमा कमाएको भन्दा एक करोड ९१ लाखले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा जम्मा १ करोड ७ लाख नाफा कमाएकोे थियो । ७ करोड ४१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा तीन करोड रहेको छ । १ दशमलब १५ प्रतिशत खराब कर्जा रहेको एनएमबीको प्रति सेयर ६४ रुपैंया ८७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैंयाँ ३२ पैसा रहेको छ ।

गुडविल फाइनान्सको नाफा ९ करोडले बढ्यो

काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा ४ करोड ५ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३६ करोड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । गुडविललले ४१ करोड व्याज आम्दानी गरेर २३ करोड व्याज खर्च गरेको छ । २ दशमलब शुन्य ५ प्रतिशत खराब कर्जा रहेको कम्पनीले १ करोड राइटब्याकबाट आम्दानी गरेको देखिन्छ । गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५२ रुपैंयाँ १५ पैसा रहेको छ ।