सिटिजन्स बैंकको नाफा १ अर्ब १० करोड

काठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत आर्थिक वर्ष १ अर्ब १० करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५२ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७२ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । यस बैंकले निक्षेप ४७ अर्ब ३९ करोड र कर्जा तथा लगानी ४८ अर्ब १३ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७७ प्रतिशत छ ।

मालिका विकास बैंकको नाफा १३ करोड २१ लाख, ३३% बोनस सेयर दिन सक्ने

काठमाडौं, ७ साउन । मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष १३ करोड २१ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले १०० प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ३३ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ३२ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ३ अर्ब ९५ करोड रुपैयाँ र कर्जा तथा लगानी ३ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.६९ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ ।

प्राइम बैंकलाई ३ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति

काठमाडौं, ६ साउन । प्राइम कमर्सियल बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सो मात्रामा हकप्रद सेयर जारी गर्न बैंकलाई स्वीकृति दिएको हो । नेपाल राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन निर्देशन जारी भए अनुसार बैंकले हकप्रद शेयर जारी गर्ने तथा बिभिन्न बित्तीय संस्थाहरुलाई गाभ्ने योजना अनुरुप उक्त बैंकको निर्णय पारित गरेको छ । यो हाल कायम रहेको शेयरको ३ बराबर १ को हकप्रद शेयर बिक्री गरे पश्चात बैंकको कुल चुक्ता पूँजी ४ अर्ब ९४ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बिहीबार बजारमा बैंकको सेयर मूल्य ८ सय १७ रुपैयाँमा किनबेच भएको छ ।