पृथ्वीनारायण शाहको पालामा नेपालको अर्थतन्त्र यूरोपियन देशहरुको भन्दा धेरै कमजोर थिएन-डा. स्वार्णिम वाग्ले
राष्ट्रिय योजना आयोगका सदस्यमध्ये उमेरको हिसावले सम्भवत सबैंभन्दा कान्छो हुनुहुन्छ डा. स्वार्णिम वाग्ले । तर उहाँको पृष्ठभूमि विशिष्ट खालको छ । उहाँ यसअघि विश्व बैंकमा वरिष्ठ अर्थविद्को रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि उहाँले यूएनडीपीमा नीति विशेषज्ञको रुपमा लामो समय काम गरिसक्नुभएको छ । हाडवर्ड विश्वविद्यालयबाट एमपीए (मास्टर इन पब्लिक एडमिनिष्टे«शन), अष्ट्रेलियन नेशनल यूनिभर्सिटीबाट पिएचडी गर्नुभएका डा. स्वर्णिम वाग्लेले व्यापार, लगानी र सार्वजनिक वित्तको क्षेत्रमा अनुसन्धान गर्दैै आएउनुभएको छ । नेपालको अर्थतन्त्र, बजेट कार्यान्वयनका समस्या र सुधारका उपायहरुबारे उहाँसँग गरिएको विकास वहस। विश्व बैंक, यूएनडिपिमा कार्यगर्दा तपाईले विश्व अर्थतन्त्रको पनि अध्ययन गर्नु भएको छ । विश्वका अन्य देशको आर्थिक वृद्धिसँग नेपालको आर्थिक वृद्धिदरलाई कसरी विश्लेषण गर्नुहुन्छ ? विश्वका अन्य धेरै देशहरुको तुलनामा नेपालको आर्थिक वृद्धिदर धेरै नै कम रह्यो । सन् १९६० पछि जापान, कोरिया, ताइवान, हङकङ, थाइल्याड, इन्डोनेसिया, मलेसिया लगायतका १३ वटा देशहरुले कम्तिमा २५ वर्षसम्म लगातार कम्तिमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेका थिए । त्यसमा अधिकांश मुलुक एशियाली नै छन् । विगत ४० वर्षमा नेपालको आर्थिक वृद्धिदर २ देखि ५ प्रतिशतभित्र रह्यो । कुनै एक वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि भयो । नेपाललाई सिंगापुर बनाउँछौं भनेर नेताहरुले बेलाबेलामा भाषण गरेको सुनियो । सिंगापुरको जस्तो विकास हुन २/४ प्रतिशतको आर्थिक वृद्धिले सम्भव छैन । कम्तिमा २५ वर्ष निरन्तर ७ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर चाहिन्छ । ५ प्रतिशतको आर्थिक वृद्धिले अर्थतन्त्र डबल हुन १५ वर्षलाग्छ । ७ प्रतिशतको आर्थिक वृद्धि भयो भने १० वर्षमा अर्थतन्त्र डबल हुन्छ र १० प्रतिशतको आर्थिक वृद्धि निरन्तर भयो भने ७ वर्षमा अर्थतन्त्रको विस्तार डबल हुन्छ । चीनले गरेको त्यहि हो । सन् १९७८ मा चीन र नेपालको प्रतिव्यक्ति आए २०० डलर थियो । ३५ वर्षपछि चीनले प्रतिव्यक्ति आम्दानी ३२०० डलर पु¥यायो । नेपालको प्रतिव्यक्ति आम्दानी ४०० डलर भयो । नेपालीको २ गुणा आम्दानी बढ्दा चिनियाँहरुको आम्दानी १७ गुणाले बढ्यो । यसअवधिमा चीनको आर्थिक वृद्धि ९/१० प्रतिशत भयो । नेपालको आर्थिक वृृद्धि २/५ प्रतिशत भयो । यसर्थ हामी धेरै पछि परेका छौं । नेपालको आर्थिक वृद्धिदर कम हुनुको मुख्य कारणहरु के के हुन् ? भूपरिवेष्टिक मुलुक हुनु नेपालको आर्थिक वृद्धिका लागि सबैभन्दा ठूलो अवरोध हो । विश्वमा ३५/३६ वटा देश भूपरिवेष्टिक छन् । त्यसमध्ये ५/६ वटा यूरोपमा पर्छन । तर उनीहरु विश्वको सबैभन्दा ठूलो बजारको मुटु भएकाले उनीहरुलाई भूपरिवेष्टिक हुँदाको वाधा कम छ । यूरोपबाहिर रहेका भूपरिवेष्टिक अधिकांश देशहरु नेपाल जस्तै गरिव छन् । बोट्सवानामा हिराको खानी नै भएकोले त्यहाको आर्थिक वृद्धि उच्च छ । कागस्थान र बेलारुसको अवस्था राम्रो छ । बाँकी भूपरिबेष्टिक देशहरु सबै नाजुक अवस्थामा छन् । स्वीजरल्याण्ड पनि भूपरिवेष्टिक देश हो, उसले विकास गर्दा नेपालले किन गर्न सक्दैन ? भनेर मानिसहरुले प्रश्न गर्छन । तर उनीहरुले के बुझेका छैनन् भने स्वीजरल्याण्डको राइम नदिमा पानी जहाज चल्छ । त्यो नदी स्वीजरल्याण्डको प्राइम क्षेत्रमा छ । दोस्रो, नेपालले अंगिकार गरेको आर्थिक नीति र संस्थागत संरचनाहरुमा कमजोरी रहे । पृथ्वीनारायण शाहको निधन भएको समयमा हो आदमस्मिथले वेल्थ अफ नेशन लेखेको । त्यतिबेला नेपालको अर्थतन्त्र यूरोपियन देशहरुको भन्दा धेरै कमजोर थिएन । यूरोपमा औद्योगिकरण संगै संस्थागत संरचनामा पनि ठूलो परिवर्तन आयो । तर नेपालमा सोही अनुसार संस्थागत परिवर्तन भएको देखिदैन । जुन देशमा दक्षताको आधारमा (मेरिटबेस) नियुक्ती, कार्यसम्पादनको आधारमा निरन्तरता वा पद मुक्ती र उनीहरुलाई जिम्मेवारीप्रति उत्तरदाही बनाउने संस्थागत प्रणालीको विकास भएको छ त्यो देशमा राजनीतिक व्यवस्था जुनसुकै भए पनि आर्थिक विकास भएको छ । तर हामीकहाँ मेरिटबेस नियुक्ती र जवाफदेहिताको अभ्यास ज्यादै कम भयो । सुशासनमा नेपाल चुकेकै हो । तेस्रो, नेपालले धेरै क्षेत्रमा भारतको मोडेलको कपी ग¥यो । पछिल्लो दशकमा भारतको आर्थिक वृद्धि उच्च भएपनि त्यसअघि भारतको आर्थिक वृद्धि दर ३ दशमलव २ प्रतिशतभन्दा माथि कहिल्यै हुँदैन थियो । त्यसैले भारतको जस्तो कम आर्थिक वृद्धि भयो भने पश्चिमा देशले ‘हिन्दु वृद्धि’ भन्थे । त्यतिबेला नेपालले आफ्नै मौलिक बाटो बनाउन सम्भव थियो÷थिएन, त्यो अर्को पाटो भयो । चौथो, आर्थिक विकासको नेतृत्व निजी क्षेत्रले गर्ने हो भन्ने चेत नेपालमा भित्रिएन । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको नीति आएन । निजी क्षेत्र जान नसक्ने ठाउँमा राज्यले लगानी गर्नुपर्छ भन्ने सिद्धान्तत एकदमै प्राचीन हो । बजार असफल हुने क्षेत्रमा, असमानता घटाउने क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ भन्ने कुरा सबैले स्वीकारदै आएका छन् । उत्पादन बढाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ, उनीहरुलाई अनुदान दिनुपर्छ भन्नेमा सबैको एक मत छैन । नेपालले बल्ल बुझ्दै आएको छ कि उत्पादन बढाउने काम राज्यले गर्ने होइन, निजी क्षेत्रलाई नै अगाडि सार्नुपर्छ । चीन र भेतनाम जस्ता कम्यूनिष्ट देशहरुले पनि उत्पादकलाई अनुदान दिएका छन् र उनीहरुको आर्थिक वृद्धि पनि उच्च छ । अहिले सरकारले लिएको आर्थिक नीति सहि छ ? के यी नीति ७ देखि १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगि छन् ? सन १०९० पछि नेपालले लिएको आर्थिक नीति ठिक दिशातर्फ उन्मुख छ । स्रोत साधनको अभाव र कार्यान्यन क्षमताको अभाव अझै छ । राजनीतिक अस्थिरता, शसस्त्र द्वन्द्व, लब्विदो संक्रमण, अनियमित बजेट चक्र, उर्जाको अभाव, उद्योगी र श्रमीकबीचको खस्कदो सम्वन्धले आर्थिक वृद्धिमा असहयोग गरेको छ । दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक स्थायीत्वको संकेत आएको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको छ । सरकारले बजेटमा धेरै कानुनी सुधारको प्रतिवद्धता जनाएको छ । राजनीतिक नेतृत्वमा पनि केही परिवर्तन आएको छ । अहिले कै अर्थमन्त्रीले कुनै बेला कृषिमा अनुदान कटौति गर्नु भएको थियो, अहिले उहाँले नै अनुदान बढाउने कार्यक्रम ल्याउनुभयो । समाजिक विकासको क्षेत्रमा सरकारले धेरै लगानी गरेको छ । सामाजिक सुरक्षामा नेपालले गरेको लगानी दक्षिण एशियामा उत्कृष्ट छ ।
मेडिकल कलेज कम भएकाले स्वास्थ्य क्षेत्र महंगो भएको हो
सुमेरु ग्रुपको लगानी कहा“ कहा“ छ ? सुमेरु ग्रुपको रुपमा हामीले व्यवसाय गरेको करिब १५ वर्ष भयो । यस समूहमा अन्तर्गत हामीले धामाखेलमा सुमेरु हस्पिटल, पुल्चोकमा सुमेरु सिटी हस्पिटल चलाइरहेका छौं । धापाखेल, पुल्चोक र कालिमाटीमा सुमेरु बचत तथा ऋण सहकारी चलाइराखेको छौं । त्यसबाहेक सुमेरु रेमिट्यान्स, सुमेरु मनी एक्सचेन्ज, सुमेरु प्रेस, सुमेरु हाउजिङ, सुमेरु व्यायामशाला चलाएका छौं । सुमेरु लाइन्स क्लब पनि छ । पछिल्लो समयमा सुमेरु कलेज सञ्चालन गर्न गइरहेका छौं । उल्लेखित व्यवसाय मध्ये सबैभन्दा नाफाको व्यवसाय के रहेछ ? रियलस्टेटमा बढी नाफा हुने रहेछ । हार्डवेयर व्यापारमा बढी मुनाफा छ । प्रेसबाट पनि राम्रो मुनाफा छ । हस्पिटल र कलेज सेवा मुलुक क्षेत्र भईकन पनि राम्रो मुनाफा छ । हाउजिङ व्यवसाय गर्नेमध्ये धेरै व्यवसायी पछिल्लो समयमा आर्थिक संकटमा छन्, तपाईहरूको अवस्था के छ ? हामीले हाउजिङबाट राम्रो मुनाफा कमायौं । तर अहिले मन्दी भएकोले यसको कारोबार गरेका छैनौं । हामीलाई नोक्सान पनि भएन, समस्या पनि आएन । तत्काल हाउजिङ व्यवसायी गर्ने सोचमा पनि छैनौं । सुमेरु हस्पिटल कति नाफामा छ ? यो हस्पिटल सुरु भएको एक वर्षमात्र भयो । अहिले नोक्सानमा नै छ । तर सुमेरु सिटी हस्पिटल मुनाफामा छ । मैले व्यक्तिगत रुपमा अर्को हस्पिटलमा विगत २१ वर्षअघि लगानी गरेको थिए । त्यसले अहिले पनि राम्रो मुनाफा आर्जन गरेको छ । हस्पिटल क्षेत्रमा मुनाफा भएकैले निजी क्षेत्रको लगानी थप्पिरहेको छ । सुमेरु हस्पिटलको सबल पक्ष के हो ? यो हस्पिटलमा जनरल सेवा सबै छन् । सर्जरीमातर्फ धेरै राम्रो सेवा दिईरहेको छौं । मृगौलासम्बन्धी सम्पूर्ण रोगको उपचार यहा“ गर्ने तयारीका साथ काम भइरहेको छ । नेपालमा अरू हस्पिटलमा नभएको स्वस्थ्य सेवा सुमेरुमा दिने लक्ष्यका साथ भारतको हस्पिटलहरूस“ग छलफल भइरहेको छ । पूर्वाधार पनि राम्रो छ । सबै कक्षमा एसी राखिएको छ । विरामी र विरामीका आफन्तको समस्या बुझेर सक्नेसम्म समाधान गर्दैआएका छौं । सरसफाइमा विशेष जोड दिएका छौं । सेवा शुल्कहरू पनि महंगो छैन । कजेलमा कत्तिको नाफा हु“दोरहेछ ? हामीले भरखरै सुरु गर्दैछौं । यसमा धेरै लगानी पनि हु“दैछ । शिक्षा क्षेत्रमा एकदमै राम्रो मुनाफा देखिन्छ । हामीले ९ वटा संकायमा चलाउने योजना बनाएका छौं । एउटा संकाय चलाउ“दा एक करोडभन्दा बढी आम्दानी हुन्छ । ९ वटा संकाय चलाउ“दा ९ करोड रुपैया“भन्दा बढी आम्दानी हुने देखिन्छ । खर्च करिब ३ करोड रुपैया“मात्र खर्च देखिएको छ । सञ्चालनमा आएको दुई महिना भएको छैन, करिब ५० लाख रुपैया“ मुनाफा देखिएको छ । अधिकांश कलेजका सञ्चालकहरू त कजेलमा लगानी गरेर फाइदा छैनन् भन्छन् त ? कलेजस“गै हस्पिटल चाहिन्छ । हस्पिटल नभएको कलेजलाई गाह्रो छ । मेडिकल कलेज सञ्चालन गर्न अनुमति पाइसक्नुभयो ? सुमेरु मेडिकल कलेज भनेर स्वीकृति त लिएका छौं । तर एमबीबीएस कक्षा चलाउन स्वीकृति मागेका पनि छैनौं । त्यसको लागि कम्तिमा ३०० बेडको हस्पिटल चाहिन्छ । हामीस“ग त्यो पूर्वाधार अहिले छैन । दुई वर्षपछि हामी एमबीबीएस कक्षा सञ्चालन गर्ने सोचमा छौं । एमबीबीएस कलेजको संख्यात्मक वृद्धि रोक्ने र नरोक्ने विषयमा धेरै विवाद छ, तपाईको विचार के हो ? मेडिकल कजेल धेरै हुनु राम्रो हो । क्वालिफाइड विद्यार्थीले पनि कजेल पढ्न नपाएको अवस्था छ । किनकी एमबीबीएस पढ्न ४०÷५० लाख रुपैया“ चाहिन्छ । कलेजको संख्या बढाउने हो भने शुल्क स्वतः घट्छ र आर्थिकरुपमा धनाढ्य नभए पनि पढाईमा ट्यालेन्ट छ भने एमबीबीएस पढ्न सक्छ । – See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/814-2014-01-26-08-52-06#sthash.Q0prUaWg.dpuf
नेपालमा कर्पोरेट कल्चरको विकास भएन
प्रतिकूल अवस्था भनिरहदा पनि व्यवसायीहरुले लगानी विस्तार गरिरहेकै देखिन्छ । केडिया समूहले नयाँ के गरिराखेको छ ? उद्यामशीलता भनेको सिर्जनात्मकता कार्य हो, जसरी पेन्टरले नयाँ नयाँ पेन्टीङ गरिरहेको हुन्छ, गायकले नयाँ गीत गाईरहेको हुन्छ, कविले नयाँ कविता रचिरहेको हुन्छ । भैराखेको उद्योग व्यापारलाई चलाउनै पर्छ, त्यसको प्रवद्र्धन गरिरहनुपर्छ । साथै, नयाँ अवसरहरुको खोजी गर्ने, नयाँ क्षेत्रमा लगानी गर्ने काम गर्नैपर्छ । त्यो भईराखेको छ । केडिया समूहले गएको एक दशकमा कति लगानी विस्तार ग¥यो ? गएको दश वर्षमा नयाँ उद्योग व्यवसायमा हात हालेका छौं र सफलता पनि मिलेको छ । पछिल्लो समयमा सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ म्यूचल फण्ड जस्ता सेवा मुलक क्षेत्रमा लगानी विस्तार गरेका छौं । डिएभी स्कूल, कलेजमा लगानी भएको छ । यति कार्पेट, वृज सिमेन्ट उद्योग चलाईरहेका छौं । जलविद्युत् योजनामा पार्टनरसिप गरेका छौं । भारतीय ट्राभल्स कम्पनीसँग मिलेर ओलम ट्राभल्स् स्थापना गरेका छौं । अटोमोवाईल टे«डिङमा नयाँ सुरुवात भएको छ । गएको दशक साह्रै उपलब्धि मुलक भएछ, होइन ? अप्ठ्यारा पनि भोग्नु प¥यो । चलिरहेका उद्योगहरु बन्द गर्नु प¥यो । कर्कटपाता उद्योग बन्द भयो । धान मिलहरु बन्द भए । भाडा वर्तन बनाउने, पश्मिना, हस्तकलाका सामान बनाउने साना तथा मझ्यौला उद्योगहरु थिए, ती बन्द भए । विदेशबाट विभिन्न सामानहरु आयात गथ्र्यौ, बिक्री वितरण गथ्र्यौ । यस्तो व्यापारमा धेरै कमी आएका छन् । बनस्पति ध्यू, तेल उद्योग अप्ठरोमा चलिरहेको छ । तर पछिल्लो समयमा कोर भ्यालुसहित नयाँ क्षेत्रमा आएका छौं । पुस्तौली पेशाको रुपमा व्यवसायिक क्षेत्रमा निरन्तर लाग्ने हामी पाँचौ पुस्ता हौं । यो पुस्ताले समय सापेक्ष निर्णय लिएको छ । हामी अगाडि बढिरहेका छौं । पारिवारिक व्यवसायिक घराना केडिया अर्गनाईजेशन भित्र कति परिवार छ, त्यसमा को को छन् ? हाम्रो परिवार ठूलै छ । सँगै बस्छौं । तर काम बाँढेर गर्छौ । फरक फरक कम्पनीको जिम्मेवारी लिएका छौं । नेपालका ठूला व्यवसायिक घरानाहरु मध्ये केडिया अर्गनाईजेशनको पोजिशन कति औं नम्बरमा पर्छ ? यो मैले भन्न सक्दिन, तपाईहरुले भन्ने हो । तर म आफूलाई यो परिवामा जन्मन पाएकोमा भाग्यशाली ठान्छु । बाबुबाजेले गर्दै आएको काममा ईटा थप्ने काम गरिरहेको छु । – See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/708-2013-09-22-07-29-09#sthash.NF2HkqXc.dpuf