एशियन लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरू मंसिर २० गतेदेखि पुस १९ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ । कम्पनीका अनुसार पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतर २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ । दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान गरिने छैन ।

सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने अवसर

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर १८ गते देखि पौष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् । सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन जसअन्तर्गत बीमा नविकरण मिति अगावै भुक्तानी गरेमा ५०० रुपैयाँ र तोकिएको नविकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा ३०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट, प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली बिजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले ५० बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन् । यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरुमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरुले सूर्यज्योति लाइफका विभिन्न सेवाहरु सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रबिधिको प्रबर्द्धनमा आफूले बिशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए।

राष्ट्रिय जीवन बिमा कम्पनीले लेखापरीक्षण नगरेकोमा अर्थमन्त्री पौडेलको तीव्र असन्तुष्ट

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् । पछिल्लो नौ वर्षयता लेखापरीक्षण नगरेकोमा अर्थमन्त्रीले तीव्र असन्तुष्टि जनाए । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्रीले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई निर्देशन दिए । ‍राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन । अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।