आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन भएको थियो । बीमा अभिकर्ताको रूपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि सो तालिम दिइएको कम्पनीले जनाएको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिमपश्चात सहभागीहरूलाई प्रमाणपत्रसमेत कम्पनीले वितरण गरेको थियो । तालिमबाट अभिकर्ताहरूको माध्यमबाट ग्राहकले सहजरूपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको जनाएको छ ।
नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिब पाँच हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरू, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो । असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भएपनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको बताए । उनले अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावनाहरू भएकाे जनाउँदै अगाडि बढ्न उत्प्रेरणा दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको उनले बताए । यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान र सीपलाई निखार्न यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको पनि बताए । कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथसाथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाणपत्रसहित सम्मानसमेत गरेकाे थियाे । कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई बधाई ज्ञापन गरेका थिए ।
पाँचवटा जीवन बीमा कम्पनी अर्ब क्लबमा, साउनमा यस्तो छ कम्पनीको व्यापार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरूले १८ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा जीवन बीम कम्पनीहरूले १८ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क संकलन गरेका छन् । बीमाशुल्क संकलनमा ५ कम्पनीले अर्ब रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी), हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक अर्ब बढी बीमा रकम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, एलआईसीले २ अर्ब ७ करोड ८० लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ९३ करोड ३४ लाख र सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ । कुनको कति ?: