बीमा कम्पनीमा २० अर्ब ७० करोडभन्दा बढीको बीमा दाबी, सबैभन्दा धेरै ओरिएन्टलमा

काठमाडौं । जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी दाबी परेको छ । प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा १ हजार ८८४ वटा दाबी परेको छ ।  तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । भाद्र ३१ गतेसम्म ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दाबी परेको छ ।  दोस्रो धेरै दाबी पर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २५८ वटा दाबी परेको छ । त्यस्तै तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबी परेको छ । उक्त कम्पनीमा ३६६ वटा दाबी परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।  त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ । 

बीमा दाबी सहजीकरणका लागि नेपाल इन्स्योरेन्सले प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सात प्रदेशमा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेको छ ।  जेनजी आन्दालेनबाट भएको आगजनी र तोडफोडबाट भएको क्षतिको छिटो र सहज तरिकाले दाबी गर्न सहज होस् भनी फोकल पर्सन तोकेको हो ।  कम्पनीले एक सूचना जारी देशको विषम परिस्थितिमा ग्राहकको सहजीकरण एव आवश्यक सेवाको लागि प्रधान कार्यालय र क्षतिसम्बन्धी विवरण प्रदान गर्न सम्पर्क व्यक्ति तोकेको हो ।  कम्पनीका अनुसार बागमती प्रदेश/केन्दीय कार्यालयका लागि दयानीधिप्रसाद ओझैया, विष्णुप्रसाद ढुंगाना, सुरेश दाहाललाई तोकेको छ ।  कोशी प्रदेशका लागि द्रोणराज भट्टराई, मधेश प्रदेशका लागि द्रवेश कार्की, गण्डकी प्रदेशका लागि राजेश श्रेष्ठ, लुम्बिनी प्रदेशका लागि भुपेन्द्र उप्रेती, सुदूरपश्चिम प्रदेशका लागि खेमराज अवस्थी र कर्णाली प्रदेशका लागि प्रकाशबहादुर शाहीलाई नियुक्त गरिएको छ । 

बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ ।  कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई व्यापार, व्यवसाय, सवारीसाधन, मानवीय क्षति तथा अन्य सम्पत्तिको नोक्सानी भएको बताउँदै दाबी सकजीकरणको लागि कर्मचारी तोकिएको जनाएको हो । कम्पनीका अनुसार बागमती प्रदेश र केन्द्रीय कार्यालयका लागि वीरन सिंह गडतौला, कोशी प्रदेशका लागि सरोज पोखरेल, मधेश प्रदेशका लागि सुरज कुमार भट्टराई, गण्डकी प्रदेशका लागि धिरज थापा, लुम्बिनी प्रदेशका लागि रमेश बहादुर थापा, सुदूरपश्चिम प्रदेशका लागि भरत बहादुर रावल र कर्णाली प्रदेशका लागि रमेशराज शर्मालाई नियुक्त गरिएको छ ।  ग्राहकहरूले दावीसम्बन्धी जानकारी र सहयोगका लागि इमेलमार्फत पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।  जेनजी प्रदर्शनमा भएको क्षतिमा सुदूरपश्चिममा १६ करोडको बीमा दाबी