नेशनल लाईफका सञ्चालकको भत्ता ५० प्रतिशतसम्म बढ्यो, कसले कति पाउँछन् ?
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको बैठक भत्ता ५० प्रतिशतसम्म बढेको छ । इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार अध्यक्ष एवम् सञ्चालकहरुले पाउँदै आएको भत्तामा न्यूनतम २६.६७ प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्मले वृद्धि भएको हो । प्रतिवेदन अनुसार समितिको बैठकमा उपस्थित भए वापत इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले प्रतिबैठक भत्ता १९ हजार रुपैयाँ पाउने भएकी छिन् । जुन यसअघि उनले बुझ्दै आएको भत्ताको तुलनामा २६.६७ प्रतिशतले बढी हो । यसअघि कम्पनीले सञ्चालक समितिको अध्यक्षलाई प्रतिबैठक भक्ता १५ हजार रुपैयाँ दिँदै आएको थियो । त्यस्तै, इन्स्योरेन्स सञ्चालकहरुले बैठकमा उपस्थित जनाएवापत प्रतिबैठक भत्ता १८ हजार रुपैयाँ पाउने भएका छन् । जुन अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले बढी हो । यसअघि बैंकका सञ्चालकले प्रतिबैठक भत्ता १२ हजार ५ सय रुपैयाँ बुझि लिँदै आएका थिए । त्यस्तै, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालकहरुलाई पत्रपत्रिका, टेलिफान, मोबाईल, इन्टरनेट खर्च वापत दिईने सुविधा पनि ५० प्रतिशतले बढेको छ । यसअघि प्रतिमहिना १० हजार रुपैयाँ पाउँदै आएका अध्यक्ष एवं सञ्चालकहरुले अब प्रतिमहिना १५ हजार रुपैयाँ पाउने छन् । हाल इन्स्योरेन्सको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट देवेन्द्र रमण खनाल, संस्थापक सेयरधनी समूहबाट रथीपवन बहादुर पाँडे(अ.प्रा.) र कुशल मल्ली रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनी समूहकोतर्फबाट भवानी राणा र ई. कुलदीप शरण सिंह छन् । त्यस्तै, स्वतन्त्र सञ्चालकमा सुमन प्रसाद शर्मा र कम्पनी सचिवमा शर्मिला श्रेष्ठ रहेका छन् । इन्स्योरेन्सले समय सापेक्ष भक्ता र अन्य सुविधा व्यवस्था गर्नुपर्ने भएकाले उक्त सेवा सुविधामा वृद्धि गरेको हो । जुन मंसिर १८ गते आइतबार सम्पन्न इन्स्योरेन्सको ३४औं वार्षिक साधारण सभाले समेत पारित गरिसकेको छ । यसलाई अब कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल बीमा प्राधिकरणले पारित गरेपछि मात्रै लागू हुनेछ । आर्थिक वर्ष २०७७/७८ मा इन्स्योरेन्सले सदस्यहरुलाई (उपसमितिको बैठकको भत्ता समेत गरी) बैठक भत्ता वापत जम्मा १८ लाख २७ हजार ५०० रुपैयाँ भुक्तानी गरिएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश कुमार खत्रीले तलब भत्ता सञ्चय कोष तथा अन्य सेवा सुविधा स्वरुप वार्षिक ७९ लाख ५६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, इन्स्योरेन्सका व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई जम्मा पारिश्रमिक र भत्ता वापत १ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । उक्त आवमा जम्मा ९ बैठकको लेखा परीक्षण समितिका सदस्यलाई कूल ३ लाख २५ हजार रुपैयाँ बैठक भत्ता दिइएको छ । इन्स्योरेन्सका सञ्चालक कुलदीप शरण सिंहको संयोजकत्वमा बनेको उक्त समितिमा महेश्वर प्रकाश श्रेष्ठ र कविराज अधिकारी सदस्य रहेका छन् भने सचिवमा सन्देश केसी छन् । उक्त सदस्यहरुलाई प्रति बैठकभत्ता १२ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो भने यो बाहेक अन्य कुनै पनि भत्ता सुविधा उपलब्ध गराएको छैन । सम्बन्धित समाचार सबै शाखा आफ्नै भवनमा सञ्चालन गर्छौं, ५ अर्ब पूँजी सजिलै पुर्याउँछौं : अध्यक्ष सिंह नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो
अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । प्रुभु इन्स्योरेन्ससँग मर्जरको लागि प्रकृियामा गएपछि अजोडको सेयर कोरोबार मंसिर ११ गतेदेखि रोक्का भएको थियो । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर १९ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।
नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् । ४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।