बीमा कम्पनीले पोलिसी नवीकरणबाटै उठाए पौने ३७ अर्ब बढी, कुनले कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट मात्रै ३७ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ संकलन गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीले चालु आवको चार महिनामा सो मात्राको रकम बीमा पोलिसी नवीकरणबाट उठाएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले पछिल्लो एक महिनामै ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ बीमा पोलिसी रिन्यु गरेवापत उठाएका छन् । असोजसम्ममा कम्पनीहरुले उक्त शीर्षकमा २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ संकलन गरेका थिए । सञ्चालित १९ कम्पनीमध्ये १० कम्पनीले अर्बौं बढी रुपैयाँ पुराना बीमा पोलिसी नवीकरण गरेरै उठाएका छन् । जसमध्ये नेपाल लाइफले नवीकरणबाट सर्वाधिक रकम उठाएको छ । कम्पनीले चार महिनामा ११ अर्ब १४ करोड रुपैयाँ बराबरको रकम संकलन गरेको हो । त्यस्तै, नवीकरणबाट बढी रकम उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) दोश्रोमा रहेको छ । कम्पनीले साउनदेखि कार्त्तिकसम्ममा ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ नवीकरणबाट मात्रै संकलन गरेको छ । त्यस्तै, उक्त शीर्षकमा एक अर्ब बढी रकम संकलन गर्नेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेशनल लाइफले ४ अर्ब ४० करोड, आईएमई लाइफले २ अर्ब ९ करोड, एशियन लाइफले १ अर्ब ८३ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३० करोड, मेट लाइफले एक अर्ब ३० करोड, प्राइम लाइफले १ अर्ब २७ करोड, सूर्या लाइफले १ अर्ब १८ करोड, सिटिजन लाइफले एक अर्ब २२ करोड रुपैयाँ जीवन बीमा पोलिसी रिन्यु मार्फत आर्जन गरेका हुन् । त्यस्तै, अन्य ९ कम्पनीले करोडौं रकम बीमालेख नवीकरणबाटै आर्जन गरेका छन् । जसमध्ये अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् । बीमा प्राधिकरणका अनुसार गुराँस लाइफले ८७ करोड १९ लाख, आईएमई लाइफले ८३ करोड ८२ लाख, रिलायन्स लाइफले ७७ करोड ९८ लाख, ज्योति लाइफले ७७ करोड ४६ लाख, रिलायबल नेपाल लाइफले ६७ करोड ७२ लाख, सन नेपालले ६५ करोड ९९ लाख, सानिमा लाइफले ५४ करोड २३ लाख, प्रभु लाइफले ५१ करोड ९ लाख र महालक्ष्मी लाइफले ३६ करोड ७६ लाख रुपैयाँ बीमापोलिसी नवीकरणबापत संकलन गरेका हुन् । पछिल्लो समय बीमा कम्पनीहरुले व्यतित बीमालेखमा केही प्रतिशत व्याज छुट दिने भएसँगै बीमितहरुले धमाधम पुराना बीमा पोलिसीहरु रिन्यु गरेका हुन् । कम्पनीहरुले सीमित अवधिका बीमितहरुलाई बीमालेख नवीकरण गर्दा सीमित अवधिसम्मको लागि छुट दिँदै आएका छन् ।
प्रथम बीमाशुल्कमा नेपाल लाइफको अग्रता, नयाँमा सन नेपालले छलाङ्ग मार्दा आईएमई बन्यो आक्रामक
काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीले संकलन गर्ने प्रथम बीमाशुल्कमा सुधार देखिएको छ । कम्पनीहरुले चार महिनामा मात्रै ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन पछिल्लो एक महिनाको तुलनामा २ अर्ब २ करोड रुपैयाँ अर्थात २८.४९ प्रतिशतले बढी हो । गत असोजसम्ममा कम्पनीहरुले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा एक अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेमा दुई इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) र नेशनल लाइफले कार्त्तिकसम्ममा एक अर्बभन्दा बढी बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल लाइफले सबैभन्दा बढी अर्थात १ अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, दोश्रोमा रहेको नेशनल लाइफले १ अर्ब ८ करोड रुपैयाँ बराबरको उक्त प्रिमियम संकलन गरेको छ । त्यस्तै, पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिँदै सन नेपाल लाइफ तेश्रो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा ६८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन गत असोजको तुलनामा ३२.२४ प्रतिशतले बढी हो । त्यस्तै, ५० करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेमा अन्य ३ कम्पनी रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६७ करोड ९१ लाख, सिटिजन लाइफले ६० करोड २० लाख र सूर्या लाइफ इन्स्योरेन्सले ५३ करोड १८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा गुराँस लाइफ रहेको छ । अन्य कम्पनीले १० करोड बढीको प्रथम बीमाशुल्क संकलन गर्दा गुराँस लाइफले ७ करोड २४ लाख रुपैयाँ बराबरको संकलन गरेको छ । जुन गत असोजको तुलनामा २६.७१ प्रतिशतले बढी हो । प्रतिशतका आधारमा आईएमई लाइफको प्रथम बीमाशुल्क सबैभन्दा बढीले बढेको छ । समीक्षा अवधिमा कम्पनीले प्रथम बीमाशुल्क ४०.४८ प्रतिशतले बढाएर ३१ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । गत असोजसम्म कम्पनीले २२ करोड २६ लाख रुपैयाँ बराबरको सो बीमाशुल्क संकलन गरेको थियो । कुन कम्पनीको कतिले बढ्यो ?
एक महिनामै ५४ करोडले खुम्चियो निर्जीवन व्यवसाय, अधिकांशको घट्दा तीन कम्पनीको बढ्यो
काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा व्यवसाय ५४ करोड २२ लाख रुपैयाँले घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत असोजको तुलनामा कार्त्तिकमा निर्जीवन बीमा व्यवसाय सो मात्रा अर्थात १७.७३ प्रतिशतले घटेको हो । असोजमा ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले कार्त्तिकमा २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ बराबरको मात्रै व्यवसाय गरेका छन् । यो अवधिमा तीन कम्पनीले मात्रै आफ्नो व्यवसाय बढाउन सफल भएका छन् । बाँकी कम्पनीको भने व्यवसाय घटेको देखिन्छ । सञ्चालनमा रहेका कम्पनीमध्ये दी ओरियन्टल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीको बिजनेस बढेको छ । जसमा दी ओरियन्टलको सर्वाधिक अर्थात २९.८१ प्रतिशत, सानिमा जीआईसीको १८.९८ प्रतिशत र हिमालयन एभरेष्टको ३.३६ प्रतिशतले बिजनेस बढेको छ । रकमका आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अगाडि छ । कार्त्तिमा मात्रै इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन असोजको तुलनामा २८ प्रतिशतले घटी हो । बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रोमा सगरमाथा र तेश्रोमा नेको इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले कार्त्तिक महिनामा क्रमशः २१ करोड ६६ लाख र २१ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन असोजको तुलनामा क्रमशः १८.१९ र २५.८१ प्रतिशतले घटी हो । हालै मर्जरमा गई एकीकृत कारोबार गरिसकेका साविकका सानिमा जनरल र जनरल इन्स्योरेन्सको पनि बीमाशुल्कलाई समावेश गरिएको छ । कार्त्तिकको ७ गतेबाट एकीकृत कारोबार भएकोले सो भन्दा अगाडिको बीमाशुल्क आर्जनलाई छुट्टा छुट्टै देखाइएको छ । त्यसैले पनि प्रतिशतको आधारमा सबैभन्दा बढी बिजनेस घट्नेमा यी दुई कम्पनी रहेका छन् । यी बाहेक नेशनल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन ३६.७३ प्रतिशतले घटेको छ । असोजमा ६ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले कार्तिकमा ४ करोड ३३ लाख रुपैयाँ मात्रै छ । त्यससँगै प्रभुको पनि व्यवसाय ३३.२८ प्रतिशतले घटेर कार्तिकमा ७ करोड ६३ रुपैयाँमा सीमित छ । गत साउनदेखि कार्त्तिकसम्ममा निर्जीवन बीमा कम्पनीले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । पछिल्लो समय देशको आर्थिक अवस्था खस्कँदै गइरहेकोले त्यसको असर बीमा क्षेत्रमा पनि परेको हो । त्यसमाथि पनि कार्त्तिकमा प्राय एक साताभर निरन्तर सार्वजनिक बिदा परेकोले पनि बीमा व्यवसायमा संकुचन देखिएको जानकारहरु बताउँछन् । कुनको कतिले घट्यो बढ्यो ?