नेपाल लाइफले एक वर्षमै आर्जन गर्यो १० अर्ब प्रथम बिमाशुल्क
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले स्थापनाको २५ औं वर्षमा आइपुग्दा एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको हो । सञ्चालक समिति, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीह, सेयरधनीहरु, नियामक निकायको लगायतको मागर्दन र साथ सहयोगले नै कम्पनीले उक्त उपलब्धी हासिल गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए । नेपाल लाइफले हासिल गरेको यो उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा बीमा बजारको विकासमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वसत रहेको जनाएको छ । नेपालको बिमा बजार करिब ८ खर्बको पुगेको छ । जसमध्ये वासलताको आधारमा सबैभन्दा ठुला बिमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । कम्पनी प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने कुमा प्रतिवद्ध रहेको प्रमुख कायाृकारी अधिकृत पराजुलीले बताए । कम्पनीले कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका पोखरलले लिए सपथ
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षकाे सपथ लिएका छन् । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले समक्ष उनले सपथ लिएका हुन् । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि सरकारले अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएको थियाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हाे । पाँच महिनाअघि प्राधिकरणको अध्यक्षमा नियुक्ति भएका ओझाले झुटो कागजात र योग्यता नपुगीकन नियुक्ति पाएकाे आरोपमा अदालतमा उजुरी परेपछि छानबिनकाे लागि समिति गठन भएकाे छ । छानबिन समिति गठन भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।
युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको आम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सोमबार साधारणसभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, ०८०/८१ को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची सभावाट पारित गरियो । साथै, सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको थियो ।