नेपाल माइक्रोको कुल बीमा शुल्क २७५.४९ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा   १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क २७५.४९ प्रतिशतले बढेको छ हो । समीक्षा वर्षमा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ४३.९१ प्रतिशतको घटेको छ । कम्पनीको समीक्षा वर्षमा खुद बीमा शुल्क पनि ३१०.३६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ५७ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३६ करोड ५७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत ईपीएस घटेर ०.२२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.८६ रुपैयाँ रहेको छ । 

एनएलजी इन्स्योरेन्सको नाफा १६.११ करोड रुपैयाँ, खुद बीमाशुल्क ४६.६३ प्रतिशतले बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा ९.६६ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन  १३.८९ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समिक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, स्पेसल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको शेयर पुँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ०६ पैसा रहेको छ ।

सानिमा जिआईसीको नाफा १०.१२ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १०.१२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।  त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क ८.९८ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ७२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत आवमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ ।  त्यस्तै कम्पनीको शेयर पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।