शिखरको नाफा १७ करोड ५९ लाख, यस्ता छन् १५ महिनाका प्रमुख परिसुचक
काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास (असोज मसान्तसम्म) मा ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले पुनर्बीमा कमिशन आयबाट १३ करोड ६६ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष सोही शिर्षकमा कम्पनीले १२ करोड ८७ लाख ७४ हजार रुपैयाँ प्राप्त गरेको थियो । लगानी कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५५ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीले ५ करोड २७ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको थियो । शिखरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५९ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १७ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो । बीमाशुल्क कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड ४३ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कमपनीले ९२ करोड ६ लाख ३१ हजार रुपैयाँ बीमाशूल्क संकलन गरेको थियो । व्यवस्थापकीय विश्लेषण विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभावसंगै कम्पनीको व्यवसाय समेत प्रभावित भएको कम्पनीले जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण अन्यौलताको कारण आगामी समय बीमा व्यवसायको लागि चुनौतिपूर्ण रहेको कम्पनीले बताएको छ । बैक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने मुद्धती निक्षेपको व्याजदर घटिरहेको अवस्थामा लगानीबाट प्राप्त हुने आयमा समेत असर परेको देखिन्छ । कोरोना भाइरस संक्रमणको कारण कम्पनीको व्यवसायमा पर्न सक्ने प्रभावलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीति बनाई अघि बढ्ने योजना रहेको शिखर इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ । यस्तो छ १५ महिनामा कम्पनीका प्रमुख परिसुचकहरु
विवेक दुगड बने गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष, प्रस्तावित लाभांश पारित
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड़ चयन भएका छन् । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको अध्यक्ष पदमा दुगड़लाई सर्वसम्मतिबाट चयन गरेको हो । कम्पनीको १०औं वार्षिक साधारण सभा आज मंसिर ४ गते बिहिबार सम्पन्न भएको छ । उक्त सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि-सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै, सभाले विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४÷०७५ को मुनाफाबाट जारी पुँजी १ अर्ब ८७ करोडको ५.२५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । साथै, सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित गरेको छ ।
रिलायन्स लाइफको एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको जनाएकाे छ । यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टल मार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन् ।