पहिलो त्रैमासमा एशियन लाइफको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ
काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही समयमा ८८ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले दिएको जानकारी अुनसार ७ हजार २ सय ९७ कुल दाबी परेको थियो ।
गुराँश लाइफले पहिलो त्रैमासमा आर्जन गर्यो ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क
काठमाडौ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सोही समयमा गुराँश लाइफले खुद बीमाशूल्क ४४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो । गुराँशको खुद नाफा ४ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ३ करोड १९ लाख रुपैयाँमा सिमीत थियो । लाइफ इन्स्योरेन्स कम्पनीले खुद दाबी भुक्तानी १४ करोड २९ लाख रुपैयाँ गरेको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
अजोड इन्स्योरेन्सकाे नाफामा उल्लेख्य सुधार, बीमा शुल्क साढे ११ करोड बढी संकलन
काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ । इन्स्योरेन्सकाे वित्तीय विवरण अनुसार कम्पनीले साे अवधिमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिकाे तुलनामा ४ कराेड ५३ लाख रूपैयाँले बढी हाे । कम्पनीले गत आवकाे पहिलाे तीन महिनामा ७७ लाख ९७ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँ रहेकाे थियाे । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीकाे प्रतिसेयर आम्दानी ५.३० रूपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.७२ रूपैयाँ रहेकाे छ । इन्स्योरेन्सले ३५ हजार ९५२ वटा बीमालेख जारी गरी कुल ३३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा २ हजार ८७९ बीमालेख नविकरण भएका छन् । कम्पनीले ५९७ वटा दाबी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।