आईपीओ जारी गर्न प्रभु लाइफ इन्स्योरेन्सले पायो अनुमति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ । इन्स्योरेन्सले गत असोज २५ गते मात्र बोर्डसँग आईपीओ जारी गर्ने फाइन बाेर्डमा पठाएकाे थियो ।
एलआईसी नेपालको जीवन बीमा कोषमा ७० अर्ब ७३ करोड, यस्ता छन् १५ महिनाका प्रमुख सुचकहरु
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्म) मा एलआईसी नेपालले ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ मात्र खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड ३६ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एलआईसीको आम्दानी ९ करोड ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा एलआईसीको आम्दानी ७ करोड १५ लाख रुपैयाँ मात्रै थियो । चालु आर्थिक वर्षमा एलआइसीको खर्च ३ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा खर्च ४ करोड ७८ लाख रुपैयाँ थियो । हाल एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५७ करोड ६२ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने कम्पनीको ७० अर्ब ७३ करोड रुपैयाँ रहेको छ । आगामी रणनीति कम्पनी व्यवस्थापनका अनुसार तीब्र प्रतिस्पर्धात्मक बीमा बजारमा कम्पनीले आफ्नो उच्चस्तर कायम राख्न दक्ष जनशक्ति अभाव आन्तरिक समस्या तथा चुनौतिको हो । कम्पनीले निर्धारण गरेको स्तरलाई कायम राख्न कार्यरत कर्मचारीहरु तथा फिल्ड फोर्सलाई निरन्तर रुपले बीमा सम्बन्धी तालिमहरु उपलब्ध गर्दै आएको जानकारी दिएको छ । ऋण र निक्षेपको व्याजदरमा भएको घटबढबाट उत्पन्न जोखिमलाई कम्पनीले बाह्य समस्या तथा चुनौतीको रुपमा लिएको छ । कम्पनीले हमेसा उच्च व्याजदर प्रदान गर्ने मजबुत बैंक तथा वित्तीय संस्थासँग मात्र निक्षेप लगानी गर्ने रणनीति लिएको बताएको छ । एलआईसी नेपालको व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी लक्ष्मीप्रसाद दासले संहालिरहेका छन् ।
नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख, यस्ता छन् १५ महिनाका प्रमुख सुचक
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो । हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए । आगामी योजना नेपाली बजारमा रहेका बीमा कम्पनीहरुको बीमा व्यवसाय आगामी दिनमा चुनौतीपूर्ण देखिने कम्पनी व्यवस्थापनको ठहर छ । बीमा कम्पनीबीचको प्रतिस्पर्धा, सिमित बजार तथा पूनर्बीमकहरुबाट प्राप्त हुने कमिशन र अन्य सुविधामा कटौतिका कारण चुनौति थपिएको कम्पनीले बताएका छ । चुनौति सामना गर्न कम्पनीले आगामी दिनहरुमा पर्याप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरुस्त पार्ने जनाएको छ । यस्तै, संभावित क्षेत्रमा शाखा कार्यालयहरुको बिस्तार गर्ने तथा ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम राखी बीमा सेवा छिटो छरितो बनाउने योजना कम्पनीले बनाएकोे छ ।