सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा २० करोड
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २० कराेड रुपैयाँ खुद नाफा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड २२ लाख ५ हजार रुपैयाँ खर्च गरी २० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको हाे । अघिल्लाे आवमा कम्पनीको खुद नाफा १५ करोड ३६ लाख ६ हजार रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तमा २७ करोड १९ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको असार मसान्तमा २० करोड ५२ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी भएकाे थियो । यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा ७ कराेड रुपैयाँ आम्दानी वृद्दि गरेकाे छ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा साे आम्दानी वृद्दि गरेकाे हाे । कम्पनीले गत आावमा १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशुल्क १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको थियो । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ तथा जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क तीन अर्ब नाघ्याे, यस्ता छन् अन्य सूचक
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७८ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ९५ हजार रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्षको २०७५/७६को असार मसान्तसम्ममा २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद दाबी भुक्तानी पनि अघिल्लो वर्षको भन्दा बढेर ६५ करोड ३२ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षमा ३९ करोड ६८ लाख ७० हजार रुपैयाँ रहेको थियो । कम्पनीले सार्वजनिक गरेको गत आवको लेखा परीक्षण नभएको असार मसान्तको कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेर २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आवमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ५ करोड ३२ लाख २९ हजार रुपैयाँबाट बढेर ५ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ११ अर्ब ४७ करोड छ भने जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा करिब १४ करोड रुपैयाँ रहेको छ ।
एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन(एनएफआरएस) बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नु अघि कम्पनीकाे चुक्ता पुँजी ५१ कराेड २३ रूपैयाँ रहेकाे थियाे । काेभिड १९काे महामारीबीच जारी गरेकाे शतप्रतिशत हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी कम्पनीकाे चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ कायम रहेकाे छ । उक्त पुँजीकाे ७ प्रतिशत बाेनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनी लगायत हालै जारी गरिएकाे हकप्रद किन्नेले समेत साे मात्राकाे बाेनस सेयर पाउने कम्पनीले जनाएकाे छ । साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको खुद नाफा २० करोड २४ लाख १६ हजार एक सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी, एनएफआरएस बमोजिम कम्पनीको खुद नाफा २० करोड २४ लाख ३६ हजार ४ सय ५६ रुपैयाँ रहेको छ ।