आशा लघुवित्तले प्रभु इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । वित्तीय संस्थाले प्रभु इन्स्योरेन्स मार्फत सबै (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीको कोरोना बीमा गरेको हो । संस्थाले वित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बीमा गरेको हो । बीमा भए पश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिय बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५५ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब २ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
शिखर इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई वितरण गर्यो स्वास्थ्य सुरक्षा समाग्री
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यकामा खटिने करिब १ हजार ५ सय जना ट्राफिक प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । शिखर इन्स्योरेन्सकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम प्रसाद ढकालको रोहबरमा महाशाखालाई १ हजार ५ सय थान फेस शिल्ड, १ हजार ५ सय थान सेफ्टी गगल्स, १ हजार ५ सय थान केएन९५ मास्क, ५ हजार थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर प्रदान गरेको छ । विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहने हुँदा उनीहरुको व्यक्तिगत सुरक्षाको लागि तथा हौसला प्रदान गर्न यी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए । शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीहरु महानगरीय ट्रफिक प्रहरी महाशाखाको मातहतमा रहेका करिब १ हजार ५ सय ट्राफिक प्रहरीहरुलाई आवश्यक रहेको र यसले निजहरुको सुरक्षा र मनोबलमामा महत्वपूर्ण योगदान पुग्न सक्ने एसएसपी भिम प्रसाद ढकालले बताए ।
कोरोना बीमा नगर्न जीवन बीमा कम्पनीलाई निर्देशन
काठमाडौं । बीमा समितिले कोरोना भाइरस सम्बन्धि बीमा नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । जीवन बीमा कम्पनीहरु आफ्ना प्रचार सामाग्रीमा कोरोना बीमा हुने उल्लेख गरेको, बैंकहरुले जीवन बीमा कम्पनीको नाम जोडर खाता खोल्नेलाई कोराना बीमा सेवा दिने भनी प्रचार गरेको पाइएको भन्दै बीमा समितिले यस्ताे निर्देशन जारी गरेको हो । बीमा समितिबाट स्वीकृति लिएर निर्जीवन बीमा कम्पनीहरुले प्रति व्यक्ति ५० हजार र १ लाख रुपैयाँ बीमाङ्क रकमको कोरोना भाइरस सम्बन्धि बीमा लेख जारी गर्दै आएका छन् । करिव १ महिना अवधिमा ७० हजार भन्दा बढीले कोरोना भाइरस सम्बन्धि बीमा पोलिसी खरिद गरेका छन् भने ३ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ । गत साता मात्र नेपाल जीवन बीमक संघले कोरोना बीमा सहित जीवन बीमा सम्बन्धि सबै सेवा जीवन बीमा कम्पनीले मात्र गर्न पाउने व्यवस्था गर्न माग गरेको थियो । समितिले कोराना बीमा निर्जीवन प्रकृतिको बीमा भएकोले निर्जीवन बीमा कम्पनीले मात्र पाउने भनेकोले बीमा समितिको निर्देशन अनुसार आफूहरुले काम गर्ने जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । कोरोना बीमा विशेष प्रकृतिको भएको, बीमा पुलमार्फत बीमा गरिएको, नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत पुर्नबीमा पनि गरेको, १० हजार जनासम्मले बीमा दावी गर्दा क्षतिपूति दिन सक्ने हिसाव किताव रहेको जानकारी दिदै बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुले लागि अहिले कोरोना बीमा पोलिसी जारी गर्न नपाउने गरि निर्देशन दिएको बताए ।