विदेशी नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने, यस्ताे छ प्रक्रिया

काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ । शुक्रबार परिपत्र जारी गर्दै समितिले यो अवस्थामा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरु नेपाल फर्कने क्रम बढ्ने भएपछि यस्तो निर्णय गरेको हो । यससँगै, विदेशी नागरिकले क्वारेन्टाइनमा बसेको १५ दिन पश्चात मात्र उनीहरुले आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र कोरोना बीमालेख खरिद गर्न सक्ने छन् । यसको प्रमाण सम्बन्धित स्थानिय तहले गरेको हुनुपर्नेछ । त्यस्तै,  विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । आरडीटी परिक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने छ । साथै, उक्त व्यहोराका अण्डरराईटिङ् कार्यका लागि पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेव साईटमा राख्नु पर्नेछ । उक्त फारम भरी स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने गरी कम्पनीहरुले आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जनाएका छन् । [pdf id=216396]

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैंले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उनले बताए । होम क्वारेन्टिनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ आव २०७७/७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् । प्रहरी कार्यालयमा ३० मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा लकडाउनमा मात्रै विभिन्न ३० मुद्दा दर्ता भएका छन् । कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार हालसम्म ती सङ्ख्यामा मुद्दा दर्ता भइ कारवाही भइरहेको छ । उनका अनुसार आव २०७६/७७ अन्तर्गत २०७६ साउन महिनादेखि लकडाउन अघिसम्म जम्मा २ सय ४३ मुद्दा दर्ता भइ कारवाही भएका छन् । दर्ता भएकामा मुद्दामा जबर्जस्ती करणीअन्तर्गत दुई, ज्यान मार्ने उद्योगअन्तर्गत तीन, अभद्र व्यवहारमा पाँच, गौवध तीन, कालोबजारी दुई, आत्महत्या आठ, कर्तव्य ज्यान एक, बाल यौन दुराचार एकलगायत अन्य उनले बताए । हाल सम्म मुद्दा दर्ता भएका संख्या जम्मा २७३ मध्ये ११ अदालत गएको र १४ वटाको छानबिन भईरहेको पनि उनले जानकारी दिए । रासस

बीमालेख धितो राखी ऋण लिएका बीमितलाई व्याजदरमा छुट दिईने

काठमाडौं । बीमालेख धितो राखी ऋण लिएका बीमितले व्याजदरमा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । बीमा समितिले बुधबार एक पत्र मार्फत उक्त बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याजदरमा साे मात्राकाे छुट दिन जीवन बीमा कम्पनीलाई निर्देशन दिएकाे हाे । यससँगै, बीमितहरूले लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्म ब्याज बुझाउँदा साे मात्राकाे छुट पाउन सक्ने छन् । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लकडाउनको अवधिमा अत्यावश्यक सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएकाे छ । समितिले बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ को अधिनमा बीमालेख अनलाईन मार्फत बिक्री गर्ने कार्यविधि तयार गर्न सकिने बताएको हो । समितिका अनुसार उक्त कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यताको आधारमा अनलाईन बीमालेख स्वीकृत हुनेछ । यस्तै, समितिको निर्देशनको अधिनमा रही लकडाउनको अवधिभरी बीमकले उपलब्ध गराउने तालिमहरु अनलाईन तथा भर्च्युअल रुपमा संचालन गर्न पाउँने बताएको छ । उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन भने बीमकले समितिमा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ । साथै, बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृत हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका मार्फत जानकारी दिएका छन् । [pdf id=216046]