युनाईटेड इन्स्योरेन्सको आय ३ करोडले घट्यो
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आय ६४ करोड १६ लाख रुपैयाँ थियो । बीमा शुुल्क (खुद) कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा खुद बीमा शुल्क २४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क २३ करोड ८२ लाख रुपैयाँ थियो । कम्पनीले पुनर्बीमा कमिशन आयबाटमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख रुपैयाँ छ भने गत आर्थिक वर्षका सोही अवधिमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आयमाचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको तथ्याङ्कका उल्लेख छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । बीमालेख संख्या कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ हजार २ सय ८५ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ हजार ४ सय ३८ बीमालेख जारी गरेको थियो ।
जनरल इन्स्योरेन्सको आय २० करोड २३ लाख रुपैयाँले आय बढ्यो
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड १२ लाख रुपैयाँ छ । बीमा शुल्क (खुद) कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क भने १९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ९ करोड ७४ लाख रुपैयाँ थियो । यस्तै, पुनर्बीमा कमिशन आयमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८७ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ५१ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य शिर्षकमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९८ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही समयमा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो । कुल बीमा शुल्क आर्जन कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क ४१ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० हजार ६ सय ५७ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ हजार ७ सय ६८ बीमालेख जारी गरेको थियो ।
ज्योति लाईफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई कोराेनाको बीमा निशुल्क गरिदिने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बैशाख २७, २०७७ देखि जेष्ठ मसान्त, २०७७ भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको कोभिड–१९ को बीमा निशुल्क गरिदिने भएकाे छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरु मार्फत हालै बजारमा ल्याएको कोभिड–१९ विरुद्धकाे रु.५० हजार बराबरको जोखिम बहन हुने गरि ज्योति लाईफ कम्पनिले १ वर्षको लागि निशुल्क बीमा सुविधा दिने भएको हाे । “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको र सो वापत लाग्ने बीमा शुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार नपर्ने कम्पनिले जनाएकाे छ । यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको एऋच् पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट रु.५० हजार उपलब्ध गराउने कम्पनिले जनाएकाे छ । यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइ विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा/उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ लिन सक्नेछन् ।