सीईओ भट्टराईको दुई महिनाको तलबसहित महालक्ष्मी लाईफ इन्स्योरेन्सले काेषमा दियाे १३ लाख ३४ हजार रूपैयाँ

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा कूल १३ लाख ३४ हजार रूपैयाँ जम्मा गरेकाे छ । जसमा इन्स्याेरेन्सकाे तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईकाे २ महिनाको तलब बराबर ५ लाख ८४ हजार रूपैयाँ गरी साे मात्राकाे रकम उक्त काेषमा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ । सरकारको सो प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार कम्पनीले राहत स्वरूप काेषमा उक्त रकम याेगदान गरेकाे हाे । कम्पनीले राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको इन्स्याेरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी गराएका छन् । विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशी रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन्। नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले भरमुग्दुर (कोशिश गरिरहेको छ। तर सरकार मात्रको प्रयासले यो महामारी नियन्त्रण तथा उपचार संभव नभएकोले सरकारले संघ संस्था र नागरिक संग सक्दो सहयोगको लागि आह्वान गरेको छ।  

अब कनेक्ट् आईपीएस् मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क कनेक्ट् आईपीएस् मार्फत भुक्तानी गर्न सकिने भएको छ ।  बीमा शुल्क विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब सो आईपीएस् मार्फत अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ । कनेन्ट् आईपीएस्मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने छ । जुनसुकै समयमा पनि अनलाइनबाट भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समय बचत हुने कम्पनीले जनाएको छ । नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नेपाल लाइफको प्रिमियम डिजिटल वँलिट्हरु ई सेवा तथा प्रभु पेबाट भुक्तानी भइरहेको छ । फन्ट पेमार्फत आफ्नो बैंक खाता कनेक्ट् गरी र नेपाल इन्भेष्ट्मेन्ट बैंकको इन्टरनेट ब्याङ्किङ्ग मार्फत भुक्तानी गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।