अब घरबाटै जीवन बीमा गर्न सकिने, सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो व्यवस्था
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि क्लिक एण्ड कभरको व्यवस्था गरेको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन बाटै जीवन बीमा खरिद गर्न सकिने उक्त व्यवस्था ल्याएको हो । यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाको बारेमा चिन्तन गरि जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा लग अन गरी आफ्नो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सक्नेछन् । यस व्यवस्थाले विषम परिस्थीतिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सले गर्याे कोरोना कोषमा साढे सात लाख सहयोग
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा साढे सात लाख सहयोग गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पछिल्लो समय बढेसँगै सूर्या लाइफ इन्स्योरेन्सले पनि सो सहयोग गरेको हो । नेपाल सरकारबाट कोरोनालाई नियन्त्रण गर्ने उद्देश्यले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै हालसम्म देश लकडाउन छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । सरकारले पछिल्लो समय निजि संघ संस्थाहरु तथा व्यक्तिलाई सहयोगको लागि अपिल गरिरहेको छ ।
नेको इन्स्योरेन्सका सीईओ खड्काद्धारा कीर्तिपूरका विद्यार्थीलाई खाद्यान्न सहयोग
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खडकाले कीर्तिपूर छात्रावासका विद्यार्थीलाई खाद्यान सहयोग गरेका छन् । उनले त्रिभुवन विश्व विद्यालय (टि.यु) का ५ सय विद्यार्थीलाई उक्त सहयोग गरेका हुन् । लकडाउनको परिस्थितिमा टि.यु.का विद्यार्थीमा उत्पन्न भएको खाद्य संकटमा सीईओ खड्काले राहत स्वरूप उक्त सहयाेग गरेका हुन् । उनले आफ्नो एक महिनाको पारिश्रमिक बापतको योगदान दिएका हुन् । उनले दिएको योगदानबाट विद्यार्थीहरुलाई २ साताको खाद्य संकट टरेको छ । ‘अहिले हामी केही संकटको घडीमा छौँ, यस्तो बेलामा सबैजनाले हातेमालो गरेर अघि बढ्नु पर्छ, कीर्तिपूरका छात्रावासमा रहेका विद्यार्थीलाई खाद्यान्न संकट परेको मैले मिडिमा मार्फत थाहा पाए र आफ्नो एक महिनाको तलब बराबरको सहयोग प्रदान गरेँ,’ सीईओ खड्काले विकासन्युजसँग भने ।