अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनलाईनबाटै बीमा सेवा

काठमाडौं । वैदेशिक रोजगारमा बीमा अनलाइन प्रणालीबाट बीमा गर्न पाइने भएको छ । यसअघि भौतिक रुपमा उपस्थित भएर मात्रै बीमा गर्न पाइने व्यवस्था रहेकोमा अवदेखि अनलाइन माध्यमबाट बीमालेख लिन, सोको भुक्तानी गर्न तथा अन्य आवश्यक काम गर्न पाइने भएको हो । बैदेशिक रोजगारीमा जाने नेपालीले बीमा सुविधा प्राप्त गर्न सहज होस भनेर यस्तो व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘वैदेशिक रोजगार विभागले पनि अनलाइन बीमा सुविधाको व्यवस्था गर्नु उपयुक्त हुन्छ भनेर भनिरहेको थियो, सुचना प्रविधिको प्रयोगबाट सर्वसाधारणलाई सहज हुने र सेवा प्रवाह पनि प्रभावकारी हुने भएकोले अनलाइनबाट बीमा सेवा पाउन सकिने व्यवस्था गरिएको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । के छ परिपत्रमा ? वैदेशिक रोजगारमा जाने बिमितले जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क नगद, बैक चेकका अतिरिक्त अनलाई प्रणालीबाट समेत भुक्तानी गर्न सक्ने छन् । यस्तै, सेवा ग्राहीको चाप र भौगोलिक समावेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त हुने व्यवस्था गर्न समितिले बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तीहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमालेख जारी गर्दा विद्यमान कानूनलाई मध्यनजर गरी प्रिन्ट कपीसहित आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख जारी गरेको हुनुपर्ने छ । बीमा समितिले वैदेशिक रोजगारमा जाने बिमितलाई घातक रोगको सन्दर्भमा बीमांक ५ लाख हुने जनाएको छ । त्यस्तै, ६४ वर्ष भन्दा माथिको बीमाशूल्क बीमकले निर्धारण गरे बमोजिम हुनेछ । तर थप बीमाशूल्क ५१ देखि ६४ वर्षउमेर समूहको बीमा शूल्कको ५० प्रतिशतभन्दा बढी नहुने बीमा समितिले जनाएको छ ।

प्राइम लाईफमा ५ लाखसम्मको बीमा पोलिसी घरबाटै खरिद गर्न सकिने

काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था ल्याएकाे हाे । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै बिमितले नियमित नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिमा बीमाशुल्क घरबाटै तिर्न सक्ने पनि जनाएको छ । कम्पनीले  खल्ती, डिजीटल वालेट, पेमेण्ट गेट वेमार्फत बीमाशुल्क भुक्तान गर्न सक्ने जानकारी दिएको हाे । यस्तै, बीमितले भुक्तान गर्न बाँकी रहेको किस्ताको हकमा सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाउँदा किस्तामा लाग्ने व्याज तिर्नु नपर्ने जनाएको छ । 

अब नेपाल इन्स्योरेन्स कम्पनीकाे काम विद्युतिय माध्यमबाट हुने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना जारी गर्द ैकम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमकाे कामबाट सेवा दिने जनाएकाे हाे । लक डाउन अवधिभर बीमालेख समाप्त हुनु अगावै इन्स्योरेन्स कम्पनीको शाखाको इमेल ठेगानामा बीमितले ईमेल गर्न सक्ने सूचनामा उल्लेख गरिएकाे छ । साथै, कम्पनीले कोरोना भाइरसको नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निवार्ह गर्न अनुराेध गरेकाे छ ।