युनाइटेडले पायो ७२ करोड ५७ लाख रुपैयाँको हकप्रद सेयर निष्काशनको स्वीकृति
काठमाडौ । युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्विकृति दिएको छ । उक्त कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्विकृति दिएको हो । सोही प्रयोजनका लागि निष्काशन बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी अहिले ३० करोड २४ लाख रुपैयाँ छ । साथै, ३० लाख २४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुसार अब बैंकका ग्राहकहरुले यस बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
कालिमाटीमा जनरल ईन्स्योरेन्सको ४० औँ शाखा बिस्तार
काठमाडौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार भएको छ । सोमबार एक समारोहका बीच प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो । शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने-‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए । कालिमाटीमा खुलेको ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कालिमाटीमा सोमबार उद्घाटन गरिएको शाखामा महिला प्रमुख रहेको कम्पनीको जनाएको छ । यस्तै, हालसम्म कम्पनीको ६ वटा शाखामा महिला नै प्रमुख रहेको कार्यक्रममा जानकारी गराईयो ।