यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बिहीबार(आज) बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । साथै, देशमा बीमा व्यवसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउँदै नेपालमा बीमाको कभरेज २० प्रतिशतभन्दा बढि पुग्ने अवस्था रहेको उनले बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल कर्णले कम्पनीले आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिए । कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।
सगरमाथा इन्स्योरेन्सलाई बीमा क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा क्षेत्रको लागि प्रदान गरिने अन्तराष्ट्रिय अवार्ड पाएको छ । इन्स्योरेन्सले थाइल्यान्डको बैंकमा सम्पन्न एशियाली विकासशील राष्ट्रहरुको बीमा कम्पनीहरु सहभागी प्रतियोगिता इमर्जिङ इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ २०१९ मा सगरमाथाले जनरल इन्स्योरेन्सका लागि प्रदान गरिने ‘स्पेशल रिकग्निसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर २०१९’ विधाबाट पुरस्कृत भएको हो । अघिल्लो वर्ष पनि सगरमाथाले सोही सस्थाबाट निर्जीवन बीमाहरुमध्ये उत्कृष्ठ प्रोडक्ट ल्याउने कम्पनीलाई दिइने प्रोडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स कम्पनी विधामा पुरस्किृत भएको थियो । अवार्ड ग्रहणासँगै कार्यक्रममा सहभागी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले अवार्डबाट सगरमाथा इन्स्योरेन्सलाई निर्जीवन बीमा क्षेत्रमा अझै उत्साहसाथ सेवा प्रदान गर्ने हौसला मिलेको बताए । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा दुई अर्ब रुपैंया बीमाशुल्क संकलन गरेको छ ।
सानिमा लाईफ र सृजना फाइनान्सबीच जीवनवीमा सेवा सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र सृजना फाइनान्स विराटनगरबीच जीवनवीमा सेवा सम्झौता भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्ध शिवराम तिमिल्सीना र फाइनान्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृति भवानी शंकर चापागाइले सो सम्झौतापत्रमा हस्तक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख अधिकृत रञ्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक सुवास वासु तथा विराजनगर शाखाका प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको छ । सम्झौत अनुसार ग्राहक फाइनान्सका मक्पूण सन्तोया आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।