सिन्धु बिकास बैंकबाट जिआइसी नेपालको बीमा सेवा पाइने
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिन्धु बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच आईतबारका सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।
बैंक अफ काठमाडौँमा खाता खोल्दा ज्योतिलाईफको बीमा सेवा पाइने
काठमाडौँ । बैंक अफ काठमाण्डौले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्ससँग सम्झौता भएको छ । उक्त सेवाअन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च बीमाङ्क वापतको रकम भुक्तानी गरिने छ । सम्झौताबाट बैंक अफ काठमाण्डौका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा निःशुल्क प्राप्त गर्ने छन् ।
बिर्तामोडमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बिर्तामोड शाखा कार्यालय उद्घाटन भएको छ । सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।