सनराइज बैंकबाट एशियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
दाङमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा बिस्तार
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि.का संचालक रामबहादुर गुरुङ्गले शाखा उद्घाटन गरेका हुन् । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिरकुमार लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
धनगढीमा खुल्यो अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय
काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका थिए ।