कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
गल्छी र बट्टारमा नेपाल इन्स्योरेन्सको शाखा विस्तार
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले धादिङ र नुवाकोटमा शाखा विस्तार गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै धाडिङको गल्छी शाखा र नुवाकोटको बट्टार शाखाबाट बीमा सेवा शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।
अब सिभिल बैंकमा पाइन्छ सानिमा लाइफ इन्स्योरेन्सको सेवा
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स संझौता भएको छ । फागुन १ गते एक समारोहका बीच यो संझौता भएको हो । कम्पनीका महाप्रवन्धक शिवराम तिमल्सिना र बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुजित शाक्यले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसी र बैंकका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थिति रहेको थियो । संझौता अनुसार सिभिल बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाइफको जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ ।