सननेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन शुक्रबार हुँदै, अब ११ वटा जीवन बीमा कम्पनी सञ्चालनमा

काठमाडौं । शुक्रबारदेखि नयाँ जीवन बीमा कम्पनी सञ्चालनमा आउने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गर्ने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कमलादीस्थित यस कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेर सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । २ अर्ब चुक्ता जारी पुँजी राखेर खुल्न लागेको यस कम्पनीको अध्यक्षमा अनुज कायल छन् भने महाप्रबन्धक कमलराज गौतम रहेका छन् । यस कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

महंगो सेयर मूल्य भएका राष्ट्रिय बीमाको ५ र नागरिक लगानी कोषको २ वर्षदेखि लेखापरीक्षण हुन बाँकी

काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् । राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता १५ हजार ६८० रुपैया छ । यस्तै कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ६५९ रुपैयाँ छ । दुबै संस्थालाई लेखापरीक्षण छिटो सक्न महालेखा परीक्षकको कार्यलयले निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले भदौसम्म लेखापरीक्षण नसके अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा विवरण पुर्याउने भनेपछि दुबै संस्थाले बल्लतल्ल लेखापरीक्षण सुरु गर्न लागेका हुन् । राष्ट्रिय बीमाले आर्थिक वर्ष ०६६/०६७ देखि ०६८/०६९ सालसम्म प्रारम्भीक लेखापरीक्षण प्रतिवेदनको जवाफ दिन बाँकी छ । आव ०६९/०७० देखिको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमाको चाँडै लेखापरीक्षण सक्ने कार्ययोजना तयार पारेको छ । य स्तै कोषले २ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । कोषले आव ०७२÷०७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भीक प्रतिवेन प्राप्त हुन बाँकी रहेको कार्कीको भनाइ छ । बाँकी अवधिका लागि लेखापरीक्षण गर्न महालेखाले कर्मचारी खटाएको उनको भनाई छ । महालेखाले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ । यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको छ । लेखापरीक्षण नगरी संस्थानले प्रति हजार वार्षिक ६५ रुपैयाँ बोनस घोषणा गरेको छ ।  

सुर्या लाइफले व्यतित जीवनबीमा लेखमा ब्याज छुट दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यत्तित (ल्याप्स) भएका बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ । कम्पनीले ल्याप्स भएका बीमालेख असोज ३१ गतेसम्म पुर्नजागरण गरेमा शत्प्रतिशत ब्याज छुट दिने जानकारी दिएको छ । यसपछि पनि पुर्नजागरण नगर्ने जीबन बीमालेखमा जोखिम बहन नगर्ने कम्पनीले स्पष्टपारेको छ ।