एनबी इन्स्योरेन्सको साधारणसभा असोज १० गते, ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।
नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने, असोज १० गते साधारणसभा गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो । नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नेकोले गत आवमा ७ करोड १२ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ । कम्पनीले असोज १० गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । यस्तै चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
तराई डुबानः पौने २ अर्बको दाबी, कुन कम्पनीमा कति ?
काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१ करोड ९ लाख ६७ हजार ८ सय १५ रुपैंयाको दावी परेको हो । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने दावीको विवरण अझै बुझाएका छैनन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार अग्नी, मोटर र इञ्जिनियरिङ तर्फ ४६० वटा संख्याका लागि एक अर्ब ७५ करोड ३९ लाख ३ हजार २ सय १५ रुपैंयाँको दावी परेको छ । त्यस्तै, बाली तथा पशुधन तर्फ ७० वटाको संख्यामा ५ करोड ७० लाख ६६ हजार ६ सय रुपैंयाँको दावी परेको छ । सबै भन्दा धेरै नेशनल इन्स्योरेन्स कम्पनीमा ५६ करोड ८४ लाखको दावी परेको छ भने सबै भन्दा थोरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा २२ लाखको मात्रै दावी परेको छ । कुन बीमा कम्पनीमा कति पर्यो दावी ?