हिमालयन बैंकको खुद नाफा ४३ करोड ८१ लाख
काठमाडौं, ३० कात्तिक । हिमालयन बैंकले पहिलो त्रैमासमा ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा आर्जक गरेको थियो । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो । बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धिका कारण सो नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ९३ अर्व निक्षेप संकलन गरेको छ भने ७२ अर्व कर्जा प्रबाह गरेको छ । बैंकले एक अर्व ३३ करोड व्याज आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकले ४ दशमलव ४० स्प्रेडदर कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्तापुँजी ४ अर्व ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा चुक्ता पुँजी ३ अर्व ३३ करोड रहेको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।
एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा
काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ । बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सलाई ‘वेष्ट प्राक्टिसेज अवार्ड २०१६’
काठमाडौं, २८ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘वेष्ट प्राक्टिसेज अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्युशन अफ द इयर, इन्स्योरेन्स कम्पनीबाट पुरष्कृत गरिएको छ । बिश्वव्यापी परामर्शदाता फ्रोष्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो ‘बिकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६’ कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेको हो । उक्त अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० विवेक झालाई प्रदान गरिएको सो कम्पनीले जनाएको छ । पुरस्कृत भएपछि सिइओ झाले उक्त अवार्ड सम्पूर्ण कर्मचारी र अभिकर्ताको प्रयास तथा संचालक समितिको मार्गदर्शनको प्रतिफल भएको बताए । उनले बीमा क्षेत्रको पहुँच अझै पनि कुल जनसंख्याको छ–सात प्रतिशत मात्रै भएको तथा डेढ बर्ष अघिको विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुमा न्यून जीवन बीमा गरेको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एकजुट भई यसको दायरा बढाउनमा लाग्नुपर्ने बताए । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्ममा बैदशिक रोजगार बीमाशूल्क समेत गरी प्रथम वर्ष बीमाशुल्क आम्दानी करिब ६२ करोड रुपियाँ हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब दुई अर्ब नौ करोड रुपियाँ हासिल गरी कुल बीमाशुल्क आम्दानी करिब दुई अर्ब ७१ करोड रुपियाँ हासिल गरिसकेको जनाएको छ । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजार हिस्सा ओगटी अग्रणी कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल भएको दावी गरेको छ ।