बीमा कम्पनीका कर्मचारीको महत्वकांक्षा बढ्यो, तलब सीमा तोक्ने सोचमा बीमा समिति
काठमाडौं । भटाभट नयाँ बीमा कम्पनीहरु खुल्न क्रम चलिरहदा यस क्षेत्रमा कार्यरत कर्मचारीको महत्वकांक्षा बढेको बीमा समितिका अध्यक्ष जिरञ्जीवी चापागाईँले बताएका छन् । नयाँ अवसर वृद्धिसँगै बीमा कम्पनीमा कार्यरत कर्मचारीमा छिटो छिटो बढुवा र उच्च दरमा पारिश्रमिकको वृद्धिको आकांक्षा पलाएको पाइएको बताउँदै उनले स्थिति जटिल हुने देखिएमा बीमा समिति कर्मचारीको तलव सीमा तोक्न बाध्य हुने बताए । ‘संस्थागत सुशाशन सम्बन्धी निर्देशिकमा प्रमुख कार्यकारी अधिकृतको तलवको सीमा तोकिएको छ’ उनले भने–‘बीमकको कर्मचारीको तलवमा पनि बेथिति आयो सीमा तोक्नुपर्ने दिन आउँछ । बीमा समितिले यस विषयमा सोचिरहेको छ ।’ नयाँ कम्पनीहरुले पुराना कम्पनीबाट मात्र कर्मचारी तान्ने प्रयास गरेकोमा उनले असन्तुष्टि जनाए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन कार्यक्रममा बोल्दै चापागाईँले भने–‘विश्वविद्यालय पढेका र बेरोजगार भएर छट्पटाईरहेको युवाहरुलाई अवसर दिनुहोस्, उनीहरुको क्षमता विकासमा कम्पनीले केही लगानी गर्नुपर्छ, त्यसले कम्पनी र बीमा क्षेत्र दुबैलाई ठूलो मद्दत गर्छ ।’ बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि करार अवधि तोडेर अर्को कम्पनीमा नजान उनले सचेत गराए । ‘करार अवधि नसकि पुरानो कम्पनीलाई धोका दिएर नयाँ कम्पनीमा जाने प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमा समितिले राम्रो मान्ने छैन’ उनले –‘बीमा क्षेत्रको स्थायीत्व र विकासका लागि लगानीकर्ता, सञ्चालक, सीईओ, कर्मचारी सबै जिम्मेबार बन्नुपर्छ ।’ बीमा कम्पनीका सञ्चालक, प्रवद्र्धकले सीईओ तथा व्यवस्थापन समितिलाई बढी नाफा, छिटो नाफाको लागि दवाव नदिन पनि उनले निर्देशन दिए । २०६३/६४ देखि २०७३/७४ सम्मका बीमा बजार, नेपालीहरुको औसत आयु, जीडीपीमा धेरै गुणाले वृद्धि भएको तर १० वर्षसम्म नयाँ बीमा कम्पनी नथपिएको उल्लेख गर्दै नयाँ कम्पनीहरुको लागि बजार प्रशस्त भएको उनले बताए । ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष पशुपति मुरारकाले नियम, कानुन र बीमा समितिको निर्देशन अनुसार कम्पनी चलाउने, अरु कम्पनीले भन्दा राम्रो सेवा दिने प्रतिवद्धता जनाए । एनआईसी एशिया बैंकसहित ४२ जना प्रवद्र्धक भएको यस कम्पनीमा नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला शर्मा सञ्चालक छन् भने प्रकाश विक्रम खत्री उप प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । यस कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले ७० प्रतिशत पुँजी लगानी गरेका छन् भने सर्वसाधारणको लागि ६६ करोड अर्थात ३० प्रतिशत सेयर छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीले सेवा प्रारम्भ गरेकै दिन १० स्थानबाट सेवा प्रारम्भ गरेको र ३ वटा जीवन बीमा योजना आरम्भ गरेको जनाएको छ । तत्काल थप २ जीवन बीमा योजना ल्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
४४ करोड प्रोभिजन गर्न युनाइटेड इन्स्योरेन्स बाध्य, बीमा समितिकाे दवावले कम्पनी घाटामा गएकाे सिईओको अाराेप
काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ४४ करोड ९६ लाख ५८ हजार ८ सय ६२ रुपैंयाँ प्रोभिजन गरेको छ । भूकम्पले भत्किएको सिटी स्केप हाउजिङमा परेको बीमा दावीका लागि रि इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि युनाइेटेड इन्स्योरेन्सले सो मात्रामा प्रोभिजन गरेर अार्थिक वर्ष २०७२/७३ काे वित्तिय विवरण बीमा समितिलार्इ बुझाएकाे छ । चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि बीमा दावी वापत रि इन्स्योरेन्स कम्पनीले रकम दिन नमानेको हो । उक्त कम्पनीले गरेकाे ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । प्रमुख कार्यकारी अधिकृत शेखर बराल सिटी स्केपमा पुगेको क्षतिका लागि रि इन्स्योरेन्स कम्पनीसँग युनाइटेडले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको तर रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिएको युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले स्वीकार गरेका छन् । कम्पनी करिव २५ कराेड रूपैयाँ नाेक्सानीमा गएकाे छ । बीमा समितिले दवावमा कम्पनीले ४४ कराेड प्राेभिजन गर्नु परेकाेले कम्पनी नाेक्सानमा पुगेकाे र यसमा व्यवस्थापन पक्ष दाेषी नभएकाे बरालले अाफ्ना निकट व्यक्तिहरूसँग भन्ने गरेका छन् । बीमा समितिकै कारण कम्पनीले सेयरधनीलार्इ वितरण गर्न प्रस्ताव गरेकाे १० प्रतिशत बाेनस सेयर र १०० प्रतिशत हकप्रद सेयर रद्द भएकाे उनकाे अाराेप छ । यसअघि कम्पनीले अार्थिक वर्ष २०७२/७३ नाफाबाट १० प्रतिशत बाेनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेकाे थियाे । बीमा कम्पनीले जोखिमको ११५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहे अनुसार युनाइटेडले ४४ करोड भन्दा बढि रकम प्रोभिजन गरेको परिस्कृत वित्तिय विवरण बीमा समितिलाई बुझाएको छ । ‘हामीले वित्तिय विवरणमा कैफियत जनाएर फिर्ता पठाएका थियौं, अहिले प्रोभिजनसहितको परिस्कृत वित्तिय विवरण आएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी र लिडर रि इन्स्योरेन्स कम्पनीबिचको सम्झौता सम्बन्धी कागजात पनि मागेको छ । ‘रि इन्स्योरेन्स कम्पनीले किन भुक्तानी दिन मानिरहेको छैन ? प्रश्न उब्जिएको छ, हामीले कम्पनी र रि इन्स्योरेन्सबीचको सम्झौता मागेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । सम्बन्धीत समाचारहरू महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित
सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।