सगरमाथा लुम्बिनीको दाबी भुक्तानी ५५.४९ प्रतिशत बढ्यो, नाफा २५.१९ रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४७ प्रतिशत घटेर २५ करोड १९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.७३ प्रतिशत घटेर २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.४९ प्रतिशत बढेर १ अर्ब १४ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले २ अर्ब ९ करोड १३ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३८ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड २२ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार प्रतिशत बढेर ८ अर्ब १७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ६१ करोड २२ लाख रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.१७ रुपैयाँबाट घटेर १२.८१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४८.८२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.९८ गुणा रहेको छ ।  

एशियन लाइफको नाफा ५९.५१ प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार ४५.२३ अर्ब रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५९.५१ प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १२.२२ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ११.२१ प्रतिशत बढेर ४५ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४० अर्ब ७६ करोड ४४ लाख रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३ रुपैयाँबाट बढेर १३.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.४५ गुणा रहेको छ ।  

२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।