प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा अष्ट्रेलियाको मेलवर्नमा
काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले अष्ट्रेलियाको मेलवर्नमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालमा काठमाडौंको थापाथलीमा मूख्य कार्यालय रहेको यस सर्भिसेसको यो पाँचौं शाखा हो । नयाँ शाखाको उद्घाटन गर्दै सर्भिसेसका सीईओ तथा डिरेक्टर निशान्त शर्माले मेलवर्नमा प्रतिमहिना ८ हजार जना सर्भिर्सेसको सेवा लिन इच्छुक रहेका बताएका छन् । ‘आफूहरुले मेलर्वनमा सेवाग्राहीहरुका सबै समस्याको समाधान र सेवा प्रदान गर्न यो शाखा सञ्चालनमा ल्याएको उनको भनाई छ । पाँचौ शाखा मेलवर्नको प्रतिष्ठित व्यवसायिक मल एक्सचेन्ज टावरमा छ, जुन शैक्षिक हवको रुपमा प्रसिद्ध छ,’ उनले भने । प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड-२०२२ को विजेता र लोकल विजनेस अवार्ड-२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।
आईआइएमएस कलेजले मनायो जोली क्रिसमस
काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा आईआइएमएस कलेजले जोली क्रिसमस मनाएको छ । कलेजको बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीको आयोजनामा जोली क्रिसमस मनाइएको हो । हरेक वर्ष क्रिसमसको अवसरमा बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीले उक्त कार्यक्रम गर्दै आएको स्टुडेन्ट क्लब एण्ड इभेन्ट लिडर श्रेया खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘विद्यार्थीलाई सिद्धान्तममा मात्र नभई व्यावहारिक अनुभव पनि दिनुपर्छ भन्ने उद्देश्यले हामी हरेक वर्ष यस्तै कार्यक्रम गर्छौँ, सधैको वर्ष जस्तै आजपनि कार्यक्रम गरिएको हो ।’ कलेजमा बिजनेस, मार्केटिङ र म्यानेजम्यान्ट विषय पढ्ने विद्यार्थीहरूलाई कसरी बिजनेस गर्ने, किताबमा पढेको ज्ञानलाई कसरी व्यावहारिक जीवनमा लागु गर्ने भनेर जानकारी दिन कार्यक्रम गरिएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजका विद्यार्थीले १३ वटा स्टल राखेका थिए । जसमा प्लान्ट्स, फूल लगायतका विद्यार्थीले आफै उत्पादन गरेका र मार्केटबाट ल्याएका विभिन्न सामाग्रीहरू थिए । उनीहरूले मनोरञ्जनमात्र नभई कसरी व्यवसाय गर्ने भन्नेबारे पनि जानकारी लिउन् भनेर उक्त स्टल राख्न लगाइएको कलेजले बताएको छ । क्रिसमसको अवसरमा साथीभाइहरूले एक अर्कालाई उपहार दिने गरिन्छ । कलेजमा रहेका विद्यार्थीले उपहार दिँदा विद्यार्थीले राखेको स्टलबाटै उपहार लिन सहज होस् भनेर पनि स्टल राखिएको कलेजका शिक्षक रोजल जोशीले बताए । साथै, कार्यक्रममा विद्यार्थीहरूले म्यूजिक, डान्स पनि प्रस्तुत् गरेका थिए ।
१४ व्यक्ति तथा संस्थाले पाए आईसीटी अवार्ड, सातै प्रदेशका उत्कृष्ट स्टार्टअप सम्मानित
काठमाडौं । आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ सम्पन्न भएको छ । दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रियापश्चात शुक्रबार राजधानीमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै समापन भएको हो । अवार्डको सूचना प्रविधि मन्त्री रेखा शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ती बोल्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् । ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाश शरण महत, कर्णाली प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसी, सांसदहरू चन्द्र भण्डारी, मनिष झा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागका उच्च अधिकारी, विभिन्न कम्पनीका संस्थापक तथा सीईओ लगायत स्वदेश तथा विदेशबाट आईसीटी क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो । लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सहभागी सबैलाई स्वागत गर्दै प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी गर्दै आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् । अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ । ‘अन्य उद्योगधन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धासँग गर्न गार्हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ,’ मन्त्री शर्माले भनिन्, ‘आईसीटी क्षेत्रको विकासका लागि सामान्य सुधारले मात्रै पुग्दैन, डिपार्चर नै चाहिन्छ । यसका लागि कानुनी र संरचनागत सुधार गर्न मन्त्रालयले काम गरिरहेको छ ।’ यस्तै अर्थमन्त्री प्रकाश शरण महतले नेपालको अर्थतन्त्र ड्राइभ गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएको बताए । डिजिटल युगमा प्रविधिले अवसर र चुनौती दुवै थपेको अवगत गराउँदै उनले सूचना प्रविधिलाई प्रडक्टिभिटी बढाउन, लागत कम गर्न र उद्यम शीलता विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । यस वर्ष आइसिटी अवार्ड २०२३ अन्तर्गत व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धर प्राप्त गरेका छन् भने आन्टरप्रेनर आइसिटी अवार्ड अवार्ड २०२३ अनुप शेरचनले जितेका छन् । त्यसैगरी पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशी र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् । यस्तै संस्थागततर्फ डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आँखा प्रतिष्ठानले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ भने डिजिटल एजुकेशन आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ । यस वर्ष स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेक, प्रडक्ट आइसिटी अवार्ड २०२३ क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको छ । यसैगरी यस वर्षको हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ मनिमित्रले प्राप्त गरेको छ । साथै आईसीटी अवार्डको अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड २०२३ भुटानको स्टार्टअप समूह मिडियाटेकले पाउन सफल भएको छ । यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो । यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् । यस्तै अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो । आइसिटी अवार्ड २०२३ मा विभिन्न १३ विधामा ७०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ३ महिनासम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए । यी हुन् आइसिटी अवार्ड २०२३ का विजेताहरू स्टार्टअप आइसिटी अवार्ड: यार्सा टेक प्रालि प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): अध्ययन स्कुल, काठमाडौं डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी आन्टरप्रेनर आइसिटी अवार्ड: अनुप शेरचन नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: भुटानको समूह मिडियाटेक सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस