अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट
काठमाडौं । नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ । अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने डिशहोमले जानकारी दिएको छ ।
द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप
काठमाडौं । द ब्रिटिश प्रोफेशनल कलेजको एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्टमा अध्यनरत रिया मानन्धर वर्ल्ड टपर बनेकी छन् । १९ वर्षीय रिया मानन्धर ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बनेकी हुन् । उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौं विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । मानन्धर कलेजको दोस्रो वर्ल्ड टपर रहेको एसिसिए प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले बताए । कलेज र अन्य विद्यार्थीको लागी यो गर्वको कुरा रहेको उनी बताउँछन् । एसिसिए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढरिहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यस विषय अन्तर्गत याे वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबारदेखि माघ मसान्तसम्म हुने सबै परीक्षा स्थगित गरेको हो । कोरोनाभाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो । यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्य पश्चिमान्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन् ।