विदेशी शैक्षिक संस्थामा पैसा पठाउनुअघि विचार गर्नु: इक्यान

काठमाडौं। विदेश अध्यन गर्न जाने तयारीमा रहेका विद्याथीहरुलाई बुझेर मात्र विश्वविद्यालयमा शुल्क पठाउन शैक्षिक परामर्श संघ इक्यानले आग्रह गरेको छ । इक्यानले सम्बन्धित देशमा महामारीको अवस्था, बोर्डर खुला भए नभएको विषयमा बुझेर मात्र विदेशी शैक्षिक संस्थाहरुलाई शुल्क वापतको रकम पठाउनु आग्रह गरेकाे हाे । ‘विभिन्न श्रोत परिचालन गरि महँगो शुल्क पठाएपछि लामो समयसम्म प्रकृया हुन नसक्दा, भिसा प्राप्त गर्ने र भ्रमण गर्न सक्ने विषय अनिश्चित बन्दा गम्भिर आर्थिक भार र मानसिक तनाव उत्पन्न हुने विषयप्रति हामी सबै गम्भिर हुन जरुरी छ,’ इक्यानले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । काेराेनाभाइरसकाे कारण विभिन्न देशहरुमा हाल लकडाउन लागु छ र अष्ट्रेलिया जस्ता केही देशहरुले बाेर्डर बन्द गरेकाे छ ।    

श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले ८ जना नेपालीलाई छात्रवृत्ति दिने, ८ जुलाईसम्म आवेदन दिन पाइने 

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ । यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्याइएको हाे । छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ । छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ । साथै विद्यार्थीले दुतावासको वेवसाइटमा गएर वा https://sltc.ac.lk/study/application/apply-now मार्फत् सोझै आवेदन दिन सक्नेछन् । क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।    

आइडीपी नेपालले सुरु गर्याे अमेरिकाको जाने विद्यार्थीकाे लागि परामर्श सेवा

काठमाडाैं । आइडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तव्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ । अमेरिका गन्तब्य सुरु गर्दा आइ डी पी ले एक विशेष इ(सेमिनार संचालन गरेर विद्यार्थीहरुलाई अमेरिका मा अध्ययन गर्नका फाइदाहरुको बारेमा जानकारी दिएको छ। ‘अमेरिकाले अन्तरराष्ट्रिय विद्यार्थीहरु लाई उच्च गुणस्तर शिक्षा र बहूसांस्कृतिक अनुभव प्रदान गर्ने भएकोले पहिले देखिनै एक लोकप्रिय गन्तव्यका रुपमा चिनिएको छ,’ आइडिपी नेपालका कन्ट्री म्यानेजर अभिषेक श्रेष्ठले भने । उनले नेपालबाट अमेरिकामा अध्ययन गरी आफ्नो जीवनलाई साकार बनाउने सपना बोकेका नेपाली विद्यार्थीहरुलाई विश्वस्तरिय शैक्षिक परामर्श सेवा सुरु गर्न पाएकोमा आफुहरु हर्षित भएकाे बताए ।