कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो । बोर्डको पूर्व निर्धारित तालिकाअनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो । तर गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा समयमा आउन सकेको थिएन । सोही आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि २१ गतेदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।
१२ कक्षाको नतिजा सार्वजनिक गर्न बैठक जारी
काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । अहिले बैठक बसेकाले कुनै प्राविधिक समस्या नआए बैठक सकिने बित्तिकै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, केही दिन ढिला गरी नतिजा सार्वजनिक हुन लागेको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा ? परीक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ । यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै
काठमाडौं । कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार आइतबार डेमो (पूर्वअभ्यास) सफलतापूर्वक सम्पन्न भइसकेकाले अब नतिजा सार्वजनिकको अन्तिम चरणमा पुगेको छ । 'आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ,' बोर्ड स्रोतले भनेकाे छ । परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको कार्यतालिका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गरिसक्नु पर्ने थियो । तर, गत चैत २० गतेदेखि शुरू भएको शिक्षकमहासंघको आन्दोलनका कारण परीक्षा तालिका प्रभावित हुँदा नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट हुने तय भए पनि आन्दोलनका कारण १० दिन ढिलो गर्दै वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा २९ वैशाखसम्म सञ्चालन भएको थियो । सो परीक्षामा देशभरबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।