त्रिविमा अत्यावश्यक बाहेकका सेवा स्थगित

काठमाडौं ।  कोभिड-१९ को संक्रमण फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। त्रिविले आईतबार सुचना जारी गर्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने बताएकाे हाे । सुचनामा त्रिविले आफु अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएकाे छ । यस्तै आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने त्रिविले उक्त सुचना उल्लेख गरिएकाे छ । यद्यपी शिक्षक तथा कर्मचारीले हाजिर भने कार्यलयमं उपस्थित भएर गर्नुपर्ने र अनलाईन कक्षा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था गरिएकाे त्रिविले जनाएकाे छ ।  

त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको तर्फबाट परीक्षा गराउनुपर्ने सबै खालको तयारी भइसकेको भएता पनि कोरोनाले संक्रमण बढ्दै गएकोले परीक्षा गर्न असम्भव भएको बताए । कोरोना भाइरसको त्रासकै बीच परीक्षा गराउनु उचित नभएको उनको भनाई छ । ‘यही स्थिती रहीरहे हामी परीक्षा संचालन गर्न भने सक्दैनौं, सकेसम्म विद्यार्थीहरुलाई परीक्षा हलमै राखेर परीक्षा गराउने हाम्रो उद्देश्य हो, तर अहिलेको अवस्थाले हालको लागि परीक्षा गराउन असम्भव छ,’ उनले भने । यसअघि त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो । तर अब भने कोरोना संक्रमण दर झन बढ्दै जाँदा त्रिविका सम्पूर्ण परीक्षाहरु अनिश्चित नै बनेका हुन् । त्रिविले परीक्षा सञ्चालन सम्बन्धि रेक्टर प्रा.डा. भुसालकै नेतृत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदल गठन हुनुभन्दा अगाडि सेमेष्टरको परीक्षा खुला पुस्तक हेरेर लेख्नेको साथसाथै अनलाइन परीक्षा लिनेबारे कुरा आएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा त्रिवि पुगेको थियो । परीक्षा अब कसरी गराउने भन्ने बारे थप छलफल भएपछि छिटै विद्यार्थीहरुलाई यसबारे खबर गरिने भुसालले बताए । कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पराम्परागत शैलीका सबै परीक्षाहरु स्थगित भएका छन् । कोरोना भाइरसको सन्त्रास भइरहेको बेला त्रिविले हालसम्म के गर्ने र कसरी परीक्षा लिने भन्ने यकिन निर्णय लिन सकेको छैन । माघ/फागुनमा हुनु पर्ने परीक्षाहरु ६/७ महिना बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको भविश्यमा प्रत्यक्ष असर परिरहेको छ । अब पनि परीक्षा सञ्चालन भएन भने सम्पूर्ण विद्यार्थीहरुको पढाई एक वर्ष ग्याप हुने निश्चित छ । यसप्रति त्रिवि पनि चिन्तित भएको भुसालको भनाई छ ।

राष्ट्रिय परीक्षा बोर्डले भन्याे: कक्षा ११ को परीक्षा नलिनु

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ। बाेर्डले आज एक सूचना जारी गर्दै साे निर्देशन दिएकाे हाे । सूचनामा भनिएकाे छ,‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’