शिक्षक सक्रिय भए वैकल्पिक सिकाइ प्रभावकारी हुने

काठमाडौं । शिक्षक सक्रिय भएका विद्यालय खुल्न नसकेको अवस्थामा पनि अनलाइन र दूरशिक्षाका माध्यमबाट प्रभावकारीरुपमा सिकाइ निरन्तरता हुने औँल्याइएको छ । लू निभाः बाल सरोकार समूहको आयोजनामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि शिक्षक परामर्श’ विषयक आज आयोजित अनलाइन छलफलमा विज्ञ तथा शिक्षाकर्मीले कोभिड–१९ को विषमस्थितिमा शिक्षकको भूमिका महत्वपूर्ण बताएका हुन् । छलफलमा शिक्षाविद् डा विद्यानाथ कोइरालाले महामारीले चुनौती र अवसर सिर्जजा गरेको जनाउँदै शिक्षकले सरकार वा माथिको आदेश पर्खनुभन्दा स्थानीय सूचना प्रविधि र स्रोत सामग्रीको उपयोग गरी वैकल्पिक शिक्षण गर्नसक्ने बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी दिव्या दवाडीले सरकारले हालै ल्याएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ ले सूचना प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीको समूह वर्गीकरण गरी उनीहरुको अनुकूलताअनुसार सिकाइ निरन्तरता दिन शिक्षकले काम गर्नुपर्ने बताए । संवादमा ललितपुरको महानगरपालिका र गोदावरी नगरपालिका, डडेल्धुराको अजगमेरु र गनन्याधुरा गाउँपालिका तथा दक्षिण ललितपुरका महाँकाल र वाग्मती गाउँपालिकाका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता थियो । लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले वैकल्पिक सिकाइको निरन्तरताका लागि सहजीकरण गरिएको जनाए । रासस

एसईईका सबै विद्यार्थीलाई ‘ए प्लस’ दिन दवाव !

काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै निजी विद्यालयले कसरी विद्यार्थीहरुर्लाइ नम्बर दिने भन्ने पनि दबाव परेको छ । सरकारले आन्तरिक मुल्याकंनका आधारमा एसइईको ग्रेडसिट दिन भनेर निर्देशन दिए पनि निजी विद्यालयमा भने अर्कै प्रकारको चलखेल सुरु भएको छ। अहिले निजी विद्यालयका अभिभावकहरुले निजी विद्यालयहरुलाई सबैलाई ए प्ल दिन भनेर दवाव दिने कुरा बाहिरिएकाे छ । सरकारले आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेपनि अभिभावकले भने सबैलाई ए प्लस दिन भनेर दबाब सुरु गरेका हुन् । परीक्षाको मानसिक तनावमा रहेका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट ग्रेडसिट दिने निर्णयले राहत भएको छ । तर, विद्यार्थीको क्षमताअनुसार आन्तरिक मूल्यांकन सही नभएमा राम्रा विद्यार्थीलाई भने असर पक्कै पर्नेछ। यसरी सही मूल्यांकन नभए पौने पाँच लाख विद्यार्थीको उच्च शिक्षा र विषय छनोटमा प्रभाव पर्ने पनि देखिन्छ । सरकारको निर्णय सञ्चारमाध्यममार्फत जानकारी पाएपछि निजी विद्यालयका अभिभावकले विद्यालय सञ्चालक र शिक्षकलाई दबाब दिन थालेको खुलेको हो । स्रोतका अनुसार सरकारले यो निर्णय गरेसँगै विद्यार्थीलाई ए प्लस दिनुपर्छ भन्ने दवाव आइरहेको छ । नम्बर कसरी दिने भन्ने समस्या नियमित विद्यार्थी भन्दा पनि आशिंक विद्यार्थीहरुको लागि झन बढी छ। नियमित विद्यालयमा नआउने उनीहरुको मुल्याकंन कुन आधारमा हुन्छ भन्ने विषय पनि अनिश्चित नै छ । नियमिततर्फका विद्यार्थीको शैक्षिक संस्थाले आन्तरिक परीक्षा लिएको र उनीहरूको रेकर्ड हुने सम्भावना भए पनि आशिंक विद्यार्थीको भने त्यो कुनै रेकर्ड हुँदैन । यसले पनि चलखेल बढ्न सक्ने सम्भावना छ ।

एसईई दिने विद्यार्थीको अन्तिम मूल्यांकन विद्यालयले कहाँ बुझाउने ?

काठमाडौं । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्ने सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बताए । बिहिबार पत्रकार सम्मलेन मार्फत खतिवडाले यस्तो बताएका हुन् । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने उनले बताएका छन् । बुधबार साँझ बसेको मन्त्रीपरिष्दको बैठकले २०७५ सालको एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।  बैठकले कोरोनाको कारण यस वर्षकाे एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।