आरएमडीसीद्धारा मोरङ्गमा तीन दिने शाखा व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६ जना शाखा प्रबन्धकहरुले भाग लिएका थिए। तालिमको उद्घाटन तालिमका संयोजक गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए । साथै, यस तालिमले ज्ञान अभिवृद्धी गरी शाखाप्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले बताए । उक्त तालिममा जीबन विकाश समाजका डेपुटी चिफ एक्स्क्युटिभ अफिसर संजयकुमार मण्डल, इन्टरनल अडिट डिपार्टमेन्ट हेड रोहित भण्डारी र ट्रेनिङ डिर्पाटमेन्ट हेड सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण, असुलीका विभिन्न उपाय तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपना बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो । साथै तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमनतथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा विकास लगायतकर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिता बारे विश्लेषणत्मक अन्तर्क्रिया भएको थियो ।
बाँकेको नरैनापुर ‘ल्याप्चे मुक्त’ गाउँपालिका निर्माण अभियानको शुरुवात
काठमाडौं । बाँके जिल्लाको नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका निर्माण गर्ने अभियान अगाडी सरेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले, गाउँपालिकाका बनाउने अभियान शुरु गरेको जानकारी दिँदै १२ हजार बढी नागरिक निरक्षर रहेको बताएका छन् । गाउँपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन गरेर साक्षर बनाउँनुको साथै ‘ल्याप्चे मुक्त’ क्षेत्र बनाउने अभियान रहेको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन् । ल्याप्चेका कारण सामाजिक सुरक्षाभत्ता वितरणमा समेत समस्या भइरहेको हुँदा तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा तीन हजारलाई साक्षर बनाइने भएको छ । अध्यक्ष साहका अनुसार पहिलो चरणमा साक्षर गराएकाले बाँकी रहेका निरक्षरलार्ई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । चैतभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । नरैनापुरसँगै नेपालगञ्ज उपमहानगरका विभिन्न वडा र बाँकेमा गरी अझै ८० हजारको हाराहारीमा नागरिक निरक्षर रहेको तथ्याङ्कले जनाएको छ । उक्त गाउँपालिकालाई साक्षर बनाउन अभियान सुचारु गरेको बताएका छन ।रासस
नेपालीलाई खुरुखुरु भिसा दिँदै अष्ट्रेलिया, यो वर्ष सबैभन्दा बढी भिसा पाउनेमा नेपाली
काठमाडौं। पछिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियामा भिसा पाउने दर बढ्नेमा सबैभन्दा अगाडि नेपाली रहेका छन्। अष्ट्रेलियाको आन्तरिक विभागको अनुसार अस्ट्रेलिया बाहिर बसेर भिसा आवेदन गर्ने नेपालीहरुको भिसा पाउने दर ४१.५ प्रतिशतले वृद्धि भएको हो। यस बर्ष भिसा पाउने दरमा भारत ३२.५ प्रतिशत सहित दोस्रो स्थानमा छ भने चीन ३.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेको छ। २०१७/१८ को अवधिमा ४१३,३२७ विद्यार्थीले भिसा आवेदन दिएकोमा अष्ट्रेलियन सरकारले ३७८,२९२ विद्यार्थीहरुलाई मात्र भिसा प्रदान गरेको थियो। (१ जुलाई २०१७ देखि ३० जून २०१८ सम्म) अष्ट्रेलिया भित्र र अष्ट्रेलिया बाहिर रहेका नेपालीले पछिल्लो महिना मात्र २,२३१ भिसा पाउँदै हालको आर्थिक वर्षमा राम्रो गरिरहेका छन्। गत बर्षको नोभेम्बरमा मात्र १,४४४ विद्यार्थीलाई भिसा दिइएको तुलनामा यस बर्षको संख्या ५४.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चार देशहरु चीन, भारत, नेपाल र ब्राजीलले अष्ट्रेलियाका शिक्षा उधोगको नेतृत्व गरिरहेको छ। यस वर्षको ३० जुनसम्ममा अष्ट्रेलियामा विद्यार्थी भिसा पाउनेमा ५० प्रतिशत संख्या चीन, भारत, नेपाल र ब्राजीलको रहेको छ।