विदेशीले बनाए एक महिना मै स्कूल, गोर्खा इको प्यानलले दियो छुट

काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको वस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् । चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भब भएको हो । इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए । उनी र तिनको टोली आनन्द देवकोटा र जुनुमाया लामाको टिमले नेपालको वर्दघाट वडा नं १२ नवलपरासीमा स्कुल भबन बनाइदिएको हो । पोहोर साल पनि सोही टिमले काभ्रेमा स्कुल बनाइदिएको थियो । ग्याभिन सिड्नी स्थित एक स्कूलका प्रिन्सिपल हुन् । स्कुल भबन बनाउन एक महिना मात्रै लागेता पनि ग्याभिनलाई स्कुल बनाउनको निम्ति पैसा उठाउन झण्डै एक वर्ष लागेको थियो । उनले आफनो देशमा म्याराथुन जस्ता क्रियाकलापहरु गरी नेपालमा स्कुल बनाउन अष्टेलियाबाट सहयोग जुटाएका थिए । उनीहरुले बनाइदिएको स्कुलमा अति विपन्न चौधारी, मुसुहर, राई, लिम्बू बाहुन, क्षेत्रीसहित विभिन्न जातिका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने जनाइएको छ । गोर्खा इको प्यानलको सहयोगपछि स्कुल बनाउन सम्भब भएको हो । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यालनले प्यानलमा भारी छुट प्रदान गरी सहयोग पुर्याएको हो । ग्याभिन र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालबीचको मित्रताले यो सफलता मिलेको बताइएको छ । सामाजिक उतरदायित्व अन्तर्गत एक महान काममा आफनो कम्पनीले सक्दो छुट दिई सहयोग गरेको ईन्जिनियर दुवालले बताए ।

सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक न.पा – ४ को प्रधानाध्यापक रामशरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् । काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालनमा रहेका छन् ।

प्लस टु र स्नातक तहमा छात्रवृत्ति दिदै भारतीय राजदुतावास, तपाईं पनि पर्नुहुन्छ कि ?

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ । आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्नेछ। आवेदक नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा पढिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्ने छ। स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ। आवेदकले पढिरहेको संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ। अनलाईन आवेदन  www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद पौष २९ सम्म रहेको छ।