बेलायतको रोयल कलेजले मेडिसिटीमा गर्यो प्रि–कन्फ्रेन्स, चिकित्सा शिक्षाका ६० जना सहभागी

काठमाडौँ । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुक चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्समा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफरोयल कलेज अफ फिजिसियनस हो । द रोयल कलेज अफ फिजीसियनस एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता हासिल गर्न मद्दत पुुग्ने जानकारी गराइन् । संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यस पटक नेपालमा समेत यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । ललितपुरमा स्थित नेपाल मेडिसिटी अस्पतालकमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्समा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरु सहभागी रहेका थिए ।

हिरण्यलालले व्यक्तिगत पुस्तकालय सार्वजनिक बनाए, गोर्खा इको प्यानलको प्रयोग

काठमाडौं। निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ उत्पादित गोर्खा इको प्यानलको प्रयोगबाट काठमाडौंको भंगालमा अन्तराष्ट्रिय पुस्तकालय निर्माण गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ भंगालमा अन्तराष्ट्रिय मैत्री पुस्तकालय निर्माण गरिएको हो । पुस्तकालयको बुधबार शताव्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो ।पुस्तकालय निर्माणमा गोर्खा इको प्यानलको प्यानलका साथै गोर्खा इको प्यानलको भगिनी कारखाना गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका झ्यालढोका पनि प्रयोग गरिएका छन् । पुस्तकालय आरसीसी ढलानको दुईतल्ले छ । पुस्तकालय तीन सय २० स्क्वायर फिट (झण्डै एक आना)को क्षेत्रफलमा रहेको छ । परराष्टविद् हिरण्यलाल श्रेष्ठले पुस्तकालय स्थापना गरिदिएका हुन् । व्यक्तिगत पुस्तकालयलाई थप परिष्कृत गरी उनले सवै जनताले प्रयोग गर्न सक्ने औपचारिक रुपमै कार्यक्रम गरी सार्वजनिक गरिदिएका हुन् । कार्यक्रममा पूर्व राजदूतसमेत रहेका उनले सवैले सार्वजनिक जग्गा व्यक्तिको बनाइरहेको खबर आइरहेको बेला आफूले व्यक्तिगत पुस्तकालयलाई सार्वजनिक गरेको भन्दै गर्व प्रकट गरे । प्रमुख संस्कृतिविद् जोशीले अन्तराष्ट्रिय पुस्तकालयले नेपालको कुटनीतिलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली विद्यार्थीहरुको रोजाईमा शारदा युनिभर्सिटी, ६०० भन्दा बढी अध्ययन गर्दै

काठमाडौँ । शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले अल्फा बिटासँगको सहकार्यमा तेश्रो वार्षिक अभिभावक दिवस तथा पूर्व स्नातक विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यमा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद लालप्रसाद साँवा, कृष्णकुमार श्रेष्ठ, शारदा युनिभर्सिटीका कुलपति पिके गुप्ता र अन्तर्राष्ट्रिय निर्देशक अशोक दरयानीको उपस्थिति रहेको थियो । अभिभावक दिवस र पूर्व स्नातक विद्यार्थी भेट कार्यक्रममा विद्यार्थीहरुका लागि संभावना र युनिभर्सिटीको संस्कार तथा प्रणालीका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न भागबाट २५० भन्दा बढी अभिभावक तथा पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । शारदा युनिभर्सिटी र नेपाली विद्यार्थीहरु तथा उनीहरुको परिवारका बीचमा सम्बन्ध सुधार गर्नका लािग अभिभावक तथा पूर्व विधार्थीहरुको प्रतिक्रिया प्राप्त भएको र पूर्व विधार्थीहरुलाई उनीहरुले नेपालको विभिन्न क्षेत्रमा पुर्याएको योगदानप्रति कुलपति पिके गुप्ताले प्रशंसा गरेका थिए । कस्तो छ शारदा युनिभर्सिटी ? सन् २००० को द्शकमा भारतको उत्तर राज्यका उत्तरी प्रदेश बिहार, दिल्ली लगायतका क्षेत्रका विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजिमा दक्षिण राज्यहरुमा जान्थे । सन् २००८ मा मात्र हजारौं विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि दक्षिण क्षेत्रमा गएको भारतीय अनुसन्धानहरुको निष्कर्ष छ। नेपालबाट पनि वार्षिक दशौ हजार विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि विदेश जान्छन्, त्यसमा भारत जाने विद्यार्थीको हिस्सा ठुलो छ। भारतीय विद्यार्थीहरुलाई एुउटा प्रदेशबाट अर्को प्रदेशमा जान पनि विदेश जानु सरह नै हो। विकेन्द्रित राज्य व्यवस्था र सांस्कृतिक र भाषिक विविधताको कारण निम्तिएको कठिनाईको बिच आफ्नै भुमीमा सस्तो र गुणस्तरीय शिक्षा दिने उदेश्यले भारतको केन्द्र दिल्लीको उत्तर भाग नोईडामा सन् २०००९ मा शारदा विश्वविद्यालय स्थापना भएको हो। सन् २००५ मा स्थापित शारदा ग्रुपका प्रदिपकुमार गुप्ताको पहलमा स्थापित यस विश्वविद्यालयमा हाल २० हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्दै छन् भने हालसम्म ४५००० जना उत्तीर्ण भईसकेका छन् । स्थापनाको १० बर्ष पुरा गरेको विश्वविद्यालयमा १२०० भन्दा बढी शैक्षिक बिषय रहेको छ। यस विश्वविद्यालय भारतको प्रमुख विश्वविद्यालयमा गनिन्छ। ८ हजार बर्गकिलोमिटर क्षेत्रफल फैलिएको विश्वविद्यालयको सबै रोगको उपचार हुने सुविधा सम्पन आफ्नै अस्पताल र टेक हाउस पनि रहेको छ। २००० बेड सहित शारदा अस्पताललाई अबको २ बर्षमा दिल्लीकै सबैभन्दा ठुलो र सुविधासम्पन्न बनाउने योजना रहेको छ। यस विश्वविद्यालय नेपालीहरुको रोजाइ पनि एकदमै रहेको छ। ८० भन्दा बढी देशका विधार्थीहरु सहितको ग्लोबल युनिभर्सिटी रहेको शारदा युनिभर्सिटीमा करिब ६०० नेपाली विधार्थीहरु अध्ययन गरिरहेका छन् । अन्तरराष्ट्रिय विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या बढी भएकोले युनिभर्सिटीले नेपालमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ। फराकिलो पाठ्यक्रम, अन्तरराष्ट्रिय स्तरका प्रोफेसर, फराकिलो क्षेत्रफल भएको कारणले पनि शारदा युनिभर्सिटी विद्यार्थीको लागि एउटा निकै राम्रो रोजाइ हो। विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै छात्रवृत्ति योजना पनि ल्याउने गरेको छ। यस्तै विश्वविद्यालयमा विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको छ।