४ वर्षे कार्यकाल पूरा गरेका नेपाल बैंकका सिइओ शाहको सम्मान सहित बिदाई

काठमाण्डौँ । ४ वषदेखि नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)को जिम्मेवारी सम्हाली आफ्नो कार्यकाल पूरा गरेका देवेन्द्रप्रताप शाहलाई बिहीबार एक समारोहका बीच बिदाई गरिएको छ । निवर्तमान सिइओ शाहलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी, नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी र विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरे । सो अवसरमा सञ्चालक समितिका अध्यक्ष अधिकारीले सिइओ शाहसँग छोटो समयमात्र काम गर्न पाएतापनि उहांको परिपक्व व्यवस्थापन शैलीबाट आफू अत्यन्त प्रभावित भएको बताए । उनले भने–उहाँको कार्यकालमा वित्तीय सवलिकरणमा बैंकले उच्च सफलता प्राप्त गरेको छ । सो अवसरमा निवर्तमान सिइओ शाहले नेपाल बंैक बिरामी रहेको र सुधारात्मक काम गर्दा गर्दै ४ वर्षे कायकाल पूरा गरेको बताए । खुद सम्पत्ति, पूँजी पर्याप्तता अनुपात, प्रति शेयर आम्दानी, खुद नाफा लगायतका अधिकांश परिसूचकमा बैंकलाई पाँचौ–छैठौं स्थानमा ल्याउन सकेको भन्दै उनले सन्तोष व्यक्त गरे । यस अवधिमा आफूले गर्न नसकेका कामहरुबारे बैक संचालक समितिलाई सुझाव पेश गरेको उनले बताए । बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण समय आएको बताउँदै उनले भने– आगामी दिनमा नयाँ सोच, खोज र कार्यशैलीका साथ ग्राहक केन्द्रित भई नतिजामुखी ढंगले अघि बढ्नु जरुरी छ । अब पूर्ण मानिस बन्ने प्रयत्न आगामी दिनमा योजनाबारे प्रकाश पार्दै शाहले आफू एक लेखक पनि भएको र यस बैंकमा आएपछिका सुनौला १४६० दिनमा हरेक दिन केही न केही लेखेको बताए । अब ती लेखिएका कुराहरु सम्पादन गर्ने र जीवनको लामो खण्ड व्यावसायिक व्यस्ततामा बिताउँदा पारिवारिक सामाजिक जीवनमा पूर्ण मानिस बन्न नसकेकोमा बताउँदै भने-अब पूर्ण मानिस बन्ने प्रयत्न गर्नेछु । उक्त कार्यक्रममा बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडलाई वित्तीय हिसावले सवल र गतिशील बनाउन निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहले पुर्याएको योगदानको चर्चा गरे । उनले आगामी दिनमा बैंकको प्रमुख सद्भाव राजदूतको भूमिका निर्वाह गरिदिन शाहलाई आग्रह गरे । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजनमा प्रवन्धक अश्विनकुमार पुडासैनीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा बैक संचालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंकमा कार्यरत यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । शाहले खुल्ला प्रतिष्पर्धाबाट २०७१ चैत ११ गते नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल यही चैत ११ गते सकिएको थियो ।

सिद्धार्थ बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँले हस्ताक्षर गरेका छन् । सो अवसरमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो । बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ ।  त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो । बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या